हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

शरणार्थी उज्यालो’ विमोचित,(कास)


भरतपुर (कास)– कवि एवं निबन्धकारका रूपमा चिनिएका सङ्गीत आयामले आफ्नो दोस्रो काव्यकृतिलाई सार्वजनिक गरेका छन् । ‘शरणार्थी उज्यालो’ लाई कवि एवं गीतकार प्रेमविनोद नन्दनले चितवन भरतपुरमा विमोचन गरेका हुन् ।
कवि आयामको कविता लेखनमा २५ वर्ष पुगेको अवसरमा प्रकाशित ‘शरणार्थी उज्यालो’ अक्षर समूहले प्रकाशन गरेको हो जसमा पहिल्यै प्रकाशित भैसकेका २५ वटा कविताहरू सङ्कलित छन्, जसले देशमा ठूलाठूला परिवर्तन भए पनि सर्वसाधारणका पीडा÷यातना उस्तै रहेको र उज्यालो अझै पनि शरणार्थीको रूपमा बाँच्न विवश भएको जस्ता भावलाई प्रकटीकरण गरेका छन् ।
कवि आयामको यसभन्दा अघि सङ्क्रमण तथा द्वन्द्कालीन राजनीतिक अवस्थालाई चित्रण गरिएको ‘चक्रव्यूह र युद्धपीडाहरू’ नामक लामा कविताहरूको सङ्ग्रह प्रकाशित भैसकेको छ । 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |