डायमण्ड तथा शशिको श्रद्धान्जली तथा कविगोष्ठी,(खसखस डट कम)
नेपाली वाङ्मयका विशिष्ट साधक ऐतिहासिक उपन्यासकार डायमन शम्शेर राणा तथा साहित्यकार शशि भण्डारीको सम्झनामा एक श्रद्धान्जली तथा कवि गोष्ठीको आयोजना गरियो ।
साहित्यकार गोविन्द गिरि प्रेरणाको निवासमा भएको सो कार्यक्रमको शुरुमा दिवंगत साहित्यकार द्वयको आत्माको चीर शान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो तथा कार्यक्रममा उपस्थित सवैले दिवंगत साहित्यकार द्वयको तस्वीरमा पुष्पार्पण गरिएको थियो ।
कार्यक्रममा कविहरु कपिल सिटौला, गोपाल रेग्मी, सुदीपभद्र खनाल, शरद निरौला, वसन्त श्रेष्ठ होमनाथ सुवेदी रामप्रसाद खनाल, प्रकाश नेपाल, हरि घिमिरे, आनन्द शर्मा, मन्जु निरौला, भारती गौतम, विमला निरौला, कविन्द्र सिटौला, प्रेम संग्रौला, गोविन्द गिरी प्रेरणा, बासु श्रेष्ठ तथा गिरिष पोखरेलले क्रमशः कविता वाचन गर्नु भएको थियो ।
दिवंगत साहित्यकार द्वयको साहित्यिक योगदानको वारेमा गोविन्द गिरी प्रेरणाले चर्चा गर्नु भएको सो कार्यक्रमको संचालन बासु श्रेष्ठले गर्नु भएको थियो ।