हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

प्रियतमा सुतेको बेला

नर बहादुर दाहाल, (दार्जिलिंग)


ए स्वप्नलोककी परी !
तिमी आऊ सुस्तरी,
सुतेकी छन् यहाँ
मेरी प्रियतमा,
उनको अर्द्धमुदित नयन

कोमल अधरमा 
छ,
मधुर कम्पन।

चलिरहेछ,
तीब्रगतिमा
उनको
मुटुको स्पन्दन।

परिश्रान्त छिन उनी
निद्रा  बनि आऊ.....  
हतास छन् उनी
आशा बनि आऊ...
हल्का स्पर्शले
उनलाई
थपथपाएर सुताऊ
अनि
मदहोश बनाऊ
दिइ ,मधुर चुम्बन !

Comments

janga lama

thank you ka b ta padna payakoma ajjhai padna 
paau

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |