हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

एकान्तको लय

प्रकाश सायमी, (काठमाण्डौं)


कविताजस्तो सुन्दर बाँचेको
तिम्रो जीवन
मैले सापटमा लिएको हुँदो हुँ

तिम्रा अनाम आँसु र हाँसोलाई
मेरो समयको नाउमा
आफैले दस्तखत गरेको हुँदो हुँ

दुःख कति
अतीतका मनोभूमिमा
एउटा मिठो धुन भन्दै
आफै पाश्र्वबाट
सम्साँझको वर्षाद्जस्तै
संघारबाट विलाएको पदचाप सुनेको हुँ


मेरो गीत हौ तिमी
कुनै अर्केष्ट्रामा धुनबद्ध
कुनै अक्टेभमा धूमिल धूमिल
तर जंगलको जादूका बीच पनि
एकान्तको लय
एम्बुलेन्सको आलापमा
डाक्टरको राग रुन्थुममा
तिमीलाई सुनेको हुँदो हुँ कठै ?

नेपथ्यमा म । दृश्यमा तिमी
यतै कतै
देख्दा तिमीलाई आकाश भनेको छु
ढोग्दा तिमीलाई धरति मानेको हुँ
कहिले मनले
कहिले मायाले
कहिले ज्ञानगुणनले
तिमीलाई पुजेको छु ।


तिमीभित्र फैलिएको खुशीलाई
मैले आफूमा हरियाली बनाएको छु
ती हरियाली यथावत् कायम छ ,
तिम्रो जीवनजस्तै सुन्दर सुन्दर सुन्दर कविता भएर ।

Comments

prakash sayami

thank you goberdhan puja

goberdhan pooja

ramro lagyoo 
तिमीभित्र फैलिएको खुशीलाई
मैले आफूमा हरियाली बनाएको छु
ती हरियाली यथावत् कायम छ ,
तिम्रो जीवनजस्तै सुन्दर सुन्दर सुन्दर कविता भएर ।

antim pankti sakit chha...

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |