हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

द्वैध चरित्र

हरि घिमिरे, (भर्जिनिया)


बोधीबृक्ष मुनि

जन्मन्छ-पञ्चशील

सरिशृप चेलाहरु

बुद्धलाई बोकेर हिड्छन्

सुरु गर्छन्-ताण्डब नृत्य

यो शिक्षा र कार्यान्वयन

विपरित हो कि

संसारको चमत्कार हो!

आगो उड्न थाल्छ

पानी हिड्न थाल्छ

हावाको बगाइलाई खै के भन्ने?

जब सरीशृप नै उठेर हावासँग नाच्न थाल्छ

मान्छेले बुद्धलाई भेटेनन्
कि भेटेर पनि चिनेनन्?

नत्र मान्छेले भन्थे होलान्- 'तिमी बुद्ध होइनौ, कायर हौ'

बुद्धले पनि मान्छेलाई भेटेनन्
कि चिनेनन्

नत्र बुद्धले मान्छेलाई भन्थे होलान्- 'तिमी मान्छे होइनौ,गोही हौ।'

यो आरोप र प्रत्यारोप बीच

सूर्य र समुद्र साक्षी भएर

सत्य निरुपणको बहस हुँदैछ

माटोलाई मुठ्ठीमा कस्ने मान्छे कठघरामा उभ्याउन

सबै प्राणी नारा लगाई रहेछन्-

द्वैध चरित्रको अन्त्य होस्।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |