हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नव-प्रभात

नर बहादुर दाहाल, (दार्जिलिंग)


पहरो फोर्न सके
चट्टानबाट पनि
मूल फुट्रन  सक्छ।

बाँझो मार्न सके
धरती पनि
धनधान्य भयेर उठ्न सक्छ
उमार्न सके
क्याक्टसको बोटमापनि
गुराँस फुल्न सक्छ।

मृगमरिचिका होइन यो जीवन
नसोच
पलभरमै हराउन सक्छ।

पौरख छ भने
अस्ताईसकेको सूर्य पनि
नव-प्रभात लिएर उदाउन सक्छ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |