हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

क्रूरता

हरि घिमिरे, (भर्जिनिया)


बल्दै छ आगो फुल्दै छ फूल
बग्दैछ पानी सुस्त छ मूल

आकार हेर्छु-माहूरी जस्तो
आसा छ अर्कै, गाडिन्छ खील

ढुकुर डाक्छु-परेवा डाक्छु
आइदिन्छ अर्कै गिद्ध र चील

सँस्कारका नाउँमा बर्षेका ढुङ्गा
त्योभन्दा कठोर मान्छेको दिल

बुद्ध त अब 'बुद्धू' पो भए
काँ गए उनका आचार-शील

निर्दयिताको त्यो पराकाष्ठा!!!
खै कहाँ रह्यो मान्छेको दिल

तैपनि सुस्त बग्दैछ पानी
बल्दैछ आगो फुल्दैछ फूल

धन्य छ सृष्टि! संसारका लागि
गर्दैन कैल्यै ईश्वरले भुल

२०६७।१०।५

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |