हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

गजल

दीपक जडित, (अलास्का)


भन यो के भयो आज पिरतीमा ।
छ खाडल गहिरो आज पिरतीमा ।

उड्दैथें माथी बादलमा गीत लि(ई),
खसेछु म अहो! आज पिरतीमा ।

मैले झैं पिरतीलाई उचालेर,
खस्याछन् अरु को आज पिरतीमा ?

न बुझ्न सकिने न त बुझाउन,
समस्या यो कस्तो आज पिरतीमा ।

नाम पिरतीकै लिएर पिउन,
पुग्यो लौ न भो! भो! आज पिरतीमा ।

नसुना सबैलाई आफ्नो सम्झी कथा,
दीपक तँ विरानो आज पिरतीमा ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |