हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तिमी स्वाभिमान बुझ्दैनौ...

दीप्स शाह, (काठमाण्डौ)


जून
हराएका ति रात

चिसो आकाशमुनी काखिमा

दुई मुट्ठी सिरेटो च्यापेर

कक्रिरहेको बर्फिलो क्षण

नित्तान्त मेरै थियो

त्यो पल ,मैले

तिमीसँग एक स्पर्श  तातोको भिख मागिन ....

अनुनय गरिन

याचनाको हात फैलाइन

शायद त्यसै दिनदेखी तिमी मलाई अभिमानी भन्छौ,

मलाई लाग्छ तिमी स्वाभिमान बुझ्दैनौ   

   

अहँ!

तिमीले दयाको  एक टुक्रो बर्को

मायाको जरी बेरेर दिन खोजेका थियौ ..

मलाई छुने सप्पै सिरेटो

आफैँ लिन खोजेकाथियौ ..

ग्रहण गर्नु नगर्नु

मनको दोभानमा

तिम्रो अनुदानको हात उछिनेर

एक जोर आँखा चिहाउँदा

त्यहाँ

एक भोको कपटी अजिङ्गर

दाह्रा धस्तै थियो

शायद उस क्षण मैले तिम्रो बर्को नकारेदेखी

तिमी मलाई अभिमानी भन्छौ,

मलाई लाग्छ तिमी स्वाभिमान बुझ्दैनौ। 

 

भोको पेट बोकेर

एकतमासले गल्ली गल्ली नाप्दै 

दिन रात फेरो मारेर 

छट्पटिएको भयानक क्षण

नित्तान्त मेरै थियो

त्यो पल, मैले

तिमी सँग एक दाना चारो मागिन

तिमीलाई भोक देखाइन

लाचार बनिन

शायद त्यसै  बेलादेखी तिमी मलाई अभिमानी भन्छौ,

मलाई लाग्छ तिमी स्वाभिमान बुझ्दैनौ                         

 

मैले माया चिनिन,

मैले सत्कार चिनिन

मैले सहयोग स्विकारीन

मैले साथ मागिन

मागिन मैले कुनै याचना तिमीसँग

यस्तै यस्तै आरोप थियो तिम्रो,

मैले चुपचाप सुनिदिएँ

साँच्चै त्यसै बेलादेखी तिमी मलाई अभिमानी भन्छौ,  

 

हो मैले लत्याएँ तिम्रा सारा प्रयासहरु

मैले नकारीदिएँ प्रस्ताबहरु

थुकिदिएँ तिम्रा अनुदानहरु

..रोएँ पिडाका आँशु 

तर हार मानिन,  

 

बाटो खोज्थेँ 

तिमी गन्तब्य दिन्थ्यौ

हिँड्न खोज्थेँ

तिमी काँधमा बोक्न खोज्थ्यौ

तिम्रो बुइँ चढ्न मैले नमानेको उसबेला देखी

तिमी मलाई अभिमानी भन्छौ,

मलाई लाग्छ तिमी स्वाभिमान बुझ्दैनौ    

 

के थाहा तिमीलाई शीत ओढ्नुको मजा!

भोक सहनु अनी परीश्रममा श्वासफेर्नु!  

पुर्ख्यौली पाल्किमा कुँजो बाँच्ने तिमी

के थाहा तिमीलाई

पैतालाले धर्ती नाप्नुको स्फुर्ती!  

 

रिस्थितिको हिमपातमा

काँपिरहेको त्यो ठिहिरो पल

मैले कुनै सम्झौता गरिन

उसै दिनदेखी  तिमी मलाई  अभिमानी भन्छौ,    

मलाई लाग्छ तिमी स्वाभिमान बुझ्दैनौ,

तिमी आँफैँलाई  चिन्दैनौ

आफ्नो खुट्टामा टेक्दैनौ

आफ्नो आखाले हेर्दैनौ

आफ्नो प्रयासमा एकझोँका  श्वास फेर्दैनौ

तर मलाई अभिमानी भन्छौ  

जान्दछु तिमी आँफैलाई बुझ्दैनौ

तिमी स्वाभिमान  बुझ्दैनौ ।।।।

 

 

 

 

Comments

yuvraj

sis i like this............ keep it up!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |