हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

दीपक जडित, (अलास्का)

         
म अफ्नै मन रोक्ने अंकुश रहेछु ।
त्यसैले जिन्दगीमा बेखुश रहेछु ।

लुटाएर सर्वस्व रित्तो भएपछि
थाहा पाएँ यो कि म कन्जुस रहेछु ।

फरक बोली हो या आदत हो तिन्को,
बुझिन तर भने 'मनहुस' रहेछु ।

कडा घाममा पनि त शीताङ्ग थिएं,
म सायद सँधै चिसो पुस रहेछु ।

सोच्थें शरिरमा किन उठ्छ डाबर,
म त आफैं बिझाउने झुस रहेछु ।

'दीपक' अरुनै होला जो बल्न सक्छ,
म मात्र गजलको तखल्लुस रहेछु ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |