हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

फूल र काँढा

गोविन्द गिरी प्रेरणा, (मनासस, भर्जिनिया, अमेरिका)


फूलको वस्तीमा आएर

काँढाले सोध्यो

वास पाउन सकिन्छ कि  

 

फूल त फूलै हो

स्वभावैले सुकोमल

वास दिन मंजुर भयो ।

 

एकदिन काँढाले भन्यो

वास त पाइयो

साथ पनि पाइन्थ्यो कि  

 

फूल त फूलै हो

हृदयले स्वच्छ पवित्र

साथ दिन तयार भयो ।

 

वास र साथ पाउने काँढाले

फूललाई घोच्न थाल्यो चिथोर्न थाल्यो

रगताम्य पार्न थाल्यो ।

 

युगौंदेखि फूल

आफैंले वास र साथ दिएको

काँढाको पीडा खपिरहेछ  

निरन्तर खपिरहेछ ।

 

१८ डिसेम्वर २०१०

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |