हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

लक्ष्मीस्तुति

रमेश खकुरेल, (काठमाण्डौं)


(नेपालीमा लक्ष्मीको स्तुति भेटिएन भन्ने कुराले मनमा खसखस लागेकोले यो लेखियो ।)
 

 

कमले कमलापतिमनमोहनि कमलनिवासिनि कमलनिभे

कमलिभनयने कमलिभवदने कमलिभ करमा कमल लिने

सिन्धुसुते भवसिन्धुप्रतारिणि दुर्गतिहारिणि सर्वनुते

जय जय जय होस् लक्ष्मी माता, धन दे धन दे धन दे ।

 

उज्वल रूप छ निर्मल काया, मुखमा हास छ मनमा मायाँ

जब जब तिम्रो हुन्छ कृपा अनि, पर पर हट्छ दरिद्री छाया

रोग, शोक, भय, चिन्ता नाशिनि; कल्मषहारिणि ऋण हरिदे

जय जय-----

 

सुनको मुकुट छ रत्न जडेको, झल झल झल्की बल्ने ज्योति

हात कान अनि गला छ सुनकै, गहना हीरा माणिक मोती

हरिमनवासिनि दिव्य सुहासिनि, मन्जुलभाषिणि शुभ वर दे

जय जय----

 

बागबागमा फूल फुलून्, अनि खेतखेतमा अन्न झुलून्

प्रेम फैलियोस् जन जन मनमा, ईर्ष्या रोग र रीस भुलून्

वस्त्र र सुन चाँदी गहनाले धान्य र धनले घर भरदे
जय जय ----------

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |