हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दीपावलीको शुभकामना छ

रमेश खकुरेल, (काठमाडौँ)


गर्मी हरायो न निकै चिसो छ
वर्षा बिलायो न कतै हिलो छ
सबै जनामा शतवन्दना छ
दीपावलीको शुभकामना छ 
 
यो पर्व उल्लास र आशाको होस्
सम्भावना होस् र अभाव भागोस
लक्ष्मी खुशी हुन् यति भावना छ
दीपावलीको शुभकामना छ 
 
भए होस राता समग्र कालो  
जालीहरूको जाति होस् न जालो
हारिन्न कैल्यै यदि चेतना छ
दीपावलीको शुभकामना छ 
 
आस्था दियो हो बलिराख्नु पर्छ
सथत्व कालो तम मर्छ मर्छ
हुनेछ राम्रो यदि सिर्जना छ
दीपावलीको  शुभकामना  छ 

जो बुझ्दछन किन्तु निरीह बन्छन
स्वयम तमिस र तमभित्र रम्छन्
तिनीहरूमा समवेदना छ  
दीपावलीको शुभकामना छ

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |