हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अपरिचितको भिडमा

गीता थापा (दोषी), (इजरायल)


परिचय दिंदै आफैँ उदाङ्गिएर
बेचिरहेछु श्रम पराइ भूमीमा,
किनकी मैले पनि
अरुजस्तै आफ्नो भाग्य
आफैँ कोर्नु सक्नु पर्ने छ
आत्मानिर्भर भएर,
यो कहालिलाग्दो
उमेर पचाउनु छ,
त्यसैले बिना हिच्किचाहट
पराइभूमीमा बेचिरहेछु श्रम
कागजका खोस्टा
बटुल्ने होडबाजीमा
आजको यो वैज्ञानिक
र,आधुनिक युगको
दोसाधमा उभिएर हार मान्यो
भने! आफ्नै भोको पेट र,
नाङ्गो आङले गिज्याई रहने
डर छ मलाइ डर र त्रास:
लुकाउने क्रममा म
अचेल मान्छे हुनुको
हक दावी गर्न
हिच्किच्चाउदिन किनकी!
थाहा छ मलाइ मबाटै शुरुवात
गर्नु पर्ने छ,नयाँ नेपालको
नयाँ बिहानी र नयाँ दिनको
उपभोग गर्न!
जलश्रोतको धनी
मानिएको मेरो देशमा
लोड्सेडिङको मारले पिसिएको
सिङ्गो जीवन दिनको
उज्यालो,सूर्यलाई
आँखामा सुरक्षित गरेर
ती काला रातका लामा
खण्ड नै उज्यालो बनाउनु छ,
त्यसैले अपरिचितको
भिडमा आत्मा सम्मान
बन्दुक राखेर को भन्दा को कम
भनेर बाँच्ने आफैँ भित्र
दरिलो प्रतिबद्धता‏ गर्दै
पैसा बेगर केही हुन्न
भन्ने कपूत मस्तिष्कको
मथिङ्गलको साघुँरा बिचार
भित्रका बिचार एक्लै
मन्थन गर्दै मानव
हुनुको महसुसमा
आफैँले कोरेका लक्ष्मण
रेखा आफैँले उल्लंघन
गरी परिस्थितीले
निम्ताएको अवस्था हो!
भनि चित्त बुझाउँदै
पराइभूमीमा बेचिरहेछु श्रम
कागजका खोस्टा बटुल्ने
होडबाजीमा!

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |