हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गुनासो

बिमल गिरी, (चारपाने झापा, हाल: बेल्जियम,ब्रसेल्स)



समय एकनास नहुदो रहेछ
अन्तर बिरोधहरुको भिडमा
आज कताकता
स्वाभिमानमा
अचानक
बिना बर्षा
बिना सुनामी
पैरो गए जस्तो
लागिरहेछ
लगाम बिनाको
कलमहरुको भिडमा
अक्षर कुद्नेहरुको
बगालमा ।

घोकेको बौद्धिकता
छाट्नेहरुको लाममा
उभिन बेक्कार रहेछ
द्रबित हुन्छु
पचाइ दिन्छु
निरर्थक
को सङ्ग गर्नु छ र?
गुनासो
अनर्थको ।

म एक्लो
स्वाभिमानी
दुखेका मनका
समिश्रणमा तरङ्गित हुँदै
आशु स्विकारे
अस्विकृत बने
फिस्स हासि दिए
निसन्देह
समयले
सङ्ख फुकिरहेछ।

 


 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |