हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सधै जस्तै………

श्याम तमोट, (भोजपुर)


सधै जस्तै दशैं पक्कै रमाएर गयो होला

बा को टुपी माँ को चुल्ठो समाएर गयो होला ।

अलि नाना अलि खाना अलि अलि ताना बाना

घर मुलीको झम्के थैली सकाएर गयो होला ।

उचा-नीचा लेना-देना त्यसै त्यसै रिसाएर

नमिलेका बान्धवलाई मिलाएर गयो होला ।

रोटे पिङ लिङ्गे पिङ गाँउ घर हाँस्तै खेल्दै

बैसालुको आँखाभरी सर्माएर गयो होला ।

सरकारको सुरै छैन संविधानको कुरै छैन

नयाँ नेपाल खोज्नेलाई गर्माएर गयो होला ।

२०६७/०६/२६

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |