हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गीत

शिव प्रकाश, (बोष्टन)


जहाँ म जन्मे, नेपाली भई, मर्न पाउँ त्यही, नेपाली भएर,
धरतीमा मैले, पहिलो पाइला, टेकेको माटो, छातीमा टाँसेर ।
 
धरतीमा अर्को, कहाँ छ संसार, हिमाल सधैं, मुस्कुराइरहने ?
छातीमा गुराँस, फुलाई मगमग, सौन्दर्य-सन्देश, फैलाइरहने ,
अविरल बग्छन्, मेची र काली, भातृत्व भाव, फिजाई संसार,
तराई – पहाड, हिमाल सबै, भावना एउटै, एउटै बिचार ।।
 
विर्सन्न कहिले, काखको माया, कोखको भार, नेपाली भएर
जिन्दगी वितोस्, बिहान सधैं, आँखाले मेरा, नेपालै हेरेर
घरदेश - परदेश, जाँ' रहे पनि, गर्न पाउँ सेवा, नेपाली भएर
स्वर्ग हो त्यही, नेपाल मेरो, मर्न पाउँ आमा, पाउमा छोएर ।।
 
अक्टोबर २०, २०१०

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |