हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

छोटो जीबनको लामो यात्रामा

गुरु केदार बराल, (अमेरिका)

ति सहज मार्मिक र वास्तविक
कटु यथार्थका तीरहरूले
मन मस्तिष्कमा स्पर्श गरेका छन
अनि दिएका छन
रोजाइ, भोगाइ र टोकाइबाट
टाढा रहन प्रेरणा
थाहा भयो पोकली झरना
ओखल्ढुङामामात्र सिमित हैन  रहेछ जीबन
काठमाण्डोँ पनि रहेछ
थाईलेंड कतार हुँदै
अमेरिकापनि पुग्दो रहेछ जीवन
कतै सुखमा हाँस्दै, कतै दु:खमा रुमल्लिँदै
स्टेट स्टेट घुम्दो रहेछ जीबन
सके सम्म उपकार सहयोग र
सद्भावका किरणहरु छर्दै
आफुलाई वास्ता नगरेर
अर्काको निम्ति लाग्दो रहेछ जीबन
मनै त हो मान्छेको
कतै कतै सँकोच बढि हुँदा
कतै मानिस व्यवहारिक नहुँदा
ठाकठुक पर्दा वा अपमान "फिल" हुँदा
मन दुखेर आउँदो रहेछ जीबन
यस्तै यस्तै आँसु, हाँसो कथा र व्यथालाई बोक्दै बोक्दै
कतै रहर मा कतै कहरमा अनवरत
हिँड्ने रहेछ त्यो जीबन
आफुले नखाएर अर्कालाई खुवाउने
आफुलाई लुकाएर अर्कालाई देखाउने
गुलाफ अरुलाई दिएर काँडा आफुलिने
आफु रुख बनि छाहारी प्रदान गर्ने
पारीजात बनि वासना अरुलाई छर्ने
रचना बिधिको अपरम्पार छ

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |