हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

राम खत्री, (न्यु योर्क)

बिदा लिनेछ  बडा दशैँले हामीबाट छिट्टै
आउन हतारिदैँछ तीहार हामी माझ छिट्टै ।

पाँच दिने पर्व हो यो पाचक पनि भन्छन्
भिन्नै मजा भिन्नै रौनक ल्याउनेछ हामी माझ छिट्टै ।

काग, कुकुर, गाई र लक्ष्मी सबैलाई पुजा गर्दै
दाजुभाईको पुजा हुने चाड आउंदैछ हामी माझ छिट्टै ।

पुजाको त बहाना हो माया र ममतालाई अटल राख्ने
दिदिबहिनी र दाजुभाईलाई नजिक्याउने पर्ब आउंदैछ हामी माझ छिट्टै ।

निधारमा सप्तरङ्गी  टिका गलामा मखमलीको माला
दाजुभाईको दीघार्युको प्रार्थना गर्ने पर्ब आउंदैछ हामी माझ छिट्टै ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |