हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

समयको बुइ नउम्किँदै

दीप्स शाह, ()


बैँशालु तिप्लिङ्ग डाँडाको माथि टुप्पोबाट

जीवन-अध्यायको

सर्बाधिक

मग्मगाउँदो

जग्मगाउँदो

सिङ्गमर्मरे ढुङ्गो टेकेर

''

बताससंगै बत्तिँदै

'तिम्रो'

सुरम्य

सुक्सुकाउँदो

जिन्दगीको फाँटमा

झ्वाम्म हाम्फालुँ?
 

त्यहाँ कोमल पाउ

दर्फर्याउने तिखा ढुङ्गा छन् कि!

कतै फिर्फिरे निर्दोष आँचल

कोतर्ने घोप्टे काँडा छन् कि!

या भुइँ टेकिनै आँट्दा हावामै अल्झाउने

आकाशबेलिका लहरा जेलिएका छन् कि!!

 

छैनन् भनेर सुसेलीमा खबर पठाउ त!

नत्र यतै चुल्बुले शिरिषको हाँगो टेकेर

खुत्रुक्क झर्छु,

झरुँ ?

एकपोल्टो उमङ्ग

उकुसमुकुसको फेरोमा  पोको पारेर

'' समयको बुइबाट

कौतुहलको बादल टेकिसकेको छु,

यो समयको बुइ नउम्किँदै,

यो कौतुहलको बादल नफाट्दै

मैले तिमीलाई भेट्नुछ

जीवनको सुरम्यतामा ,,,

भन न!!

हाम्फालुँ?

भन ल!

को बुइ नउम्किँदै ल!!

 

deepssanu@gmail.com

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |