गीत
बसन्त श्रेष्ठ, (भर्जिनिया)
धेरै धेरै अँध्यारोमा हिंडी रहें
उज्यालो खोज्न म कहाँ जाउँ
सँधै सँधै दुखमा बाँचि रहें
सुख खोज्न म कहाँ जाउँ |
भन्छन मरे पछि सुख पाइन्छ
मृत्यु पछिको जीवन कसले देखेको छ र
भन्छन जीवन काँडा बिच फुल्ने फूल हो
थाहा छ त्यसरी फुल्नु कति कठिन छ ?
धेरै...धेरै.....
भन्छन जीवन एक नाटक हो
कसले भन्न सक्छ दुखान्त वा सुखान्त हो
म भन्छु जिन्दगी एक नशा हो
थाहा छ जन्मे पछि मृत्यु कति कठिन छ ?
धेरै धेरै अँध्यारोमा हिंडी रहें
उज्यालो खोज्न म कहाँ जाउँ
सँधै सँधै दुखमा बाँचि रहें
सुख खोज्न म कहाँ जाउँ |