हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

पुष्पराज खतिवडा \'जिज्ञाशु\', (झापा, हाल तनहुँ)

वैंश छ र पो ठुली हुन्छ्यौ तिमी
छुस्स छोए बिटुली हुन्छौ तिमी

सबैलाइ धान्ने यौवनको लौरी
पिट्ट भाँचिए लुली हुन्छौ तिमी

सबैले गरे आफ्नो आफ्नो सुर
अरु छैनन् र पो मूली हुन्छौ तिमी

हेरिन्छ र पो उदाउंछौ तिमी
हेर्न छाडे गोधुली हुन्छौ तिमी

किन पर्यो र वैंश रुवाउन
लगे पो त बेहुली हुन्छौ तिमी


 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |