गजल
श्याम तमोट, (भोजपुर)
नसम्झ युगौं प्यासी यो नहर चुपचाप छ
छातीमा बोकी आगो यो शहर चुपचाप छ ।
आउला सुखद बसन्त सबैको आस यो छ
विवश कैदी भएर रहर चुपचाप छ ।
बेहोश भएर निश्चल किनारमा नसुत्नु
ज्वार बनेर उठ्न लहर चुपचाप छ ।
पीडाहरु असाध्य खपेर बाचे पनि
हुंकार दह्रो गर्न अधर चुपचाप छ ।
सपना अरुको खोसी आफू रमाउनेलाई
मृत्यु सौगात दिन जहर चुपचाप छ ।