गीत
शर्मिला खड्का दाहाल, (इटहरी, सङ्गीत चोक)
यो दिल आखिर दिल हो, कुनै खेलौना होइन
स्विकार या नस्विकार तिमी, मलाइ कुनै दरकार छैन
दुख्नु थियो दुख्यो आखिर, टुट्नु थियो टुट्यो
जोड्न तिमी प्रयास गर नगर, मलाई कुनै सरोकार छैन
कैयौ नजर आए, यो नजरको बाटो छेक्न
कुनै नजरको पछि लगेर, मैले बाटो टुग्याएको छैन
भवराझै चाखि हिँड्छौ, त्यसैले पारखी बनेका रहछौ
दिल टुटाउने खेल कति खेल्यौ , मैले हिसाब गरेको छैन
प्रेमको मुहान सुक्न हुन्न, कसैको दिल सुकेपनि
प्रेम र घृणा जीवनका लेनदेन हुन्, भो म सन्तुलन बिगार्दिनँ
तिम्रै मात्र भनी यो दिल, म साँचेर राख्न पनि सक्दिनँ
प्रेमको परिभाषालाइ नै बदलिदियौ, अरु व्याख्या गर्न म सक्दिनँ