हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गीतः बीस वर्ष अघि……।

श्याम तमोट, (भोजपुर)


बीस बर्ष अघि गएको छोरो फर्केर आएन

घरको माया मार्यो कि उसले कि खर्च पाएन ।


आँखामा राखी तस्बीर उसको कुरेको धेरै भो

भाईले नाना बैनीले चाचा मागेको धेरै भो

दौतरीलाई आउँछ उ चांढै भन्दैछु ढाँटेर

खेलेको उसले चउरसँग सपनी साटेर ।


बीस बर्ष अघि गएको छोरो फर्केर आएन

घरको माया मार्यो कि उसले कि खर्च पाएन ।


कालको फेरो यो ज्यान मेरो जाईजाला एकदिन

न भाई बस्ला न बस्ली बैनी पर्खेर सदादिन

आँगनबाट 'ए आमा' भन्दा 'हई' कस्ले भन्ला र

सम्झेर गाँउ फर्केछ भने खोई कस्ले चिन्ला र ।


बीस बर्ष अघि गएको छोरो फर्केर आएन

घरको माया मार्यो कि उसले कि खर्च पाएन ।

Comments

ganesh Thapa magar

Ramro githru madhya arko ramro git.........

Kedar Gagan

Shyam Tamot ko yek arko damdar geet.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |