हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आकाश जमिन चारैतिर

बिमल गिरी, (झापा, चारपाने, हाल: ब्रसेल्स)


आकाश जमिन चारैतिर बहकिन्छ मन
रित्तिसक्यो भन्थें म त बर्षिरहन्छ झन

हिउँ झैं  फुल्ने रहरका सुकिगए बोटहरु
समयको लप्का सँगै धमिलिए ओठहरु
अस्ताएको घाम जस्तै भावुक हुन्छ मन
रित्तिसक्यो भन्थें म त बर्षिरहन्छ झन

टोलाऊँथें  किनारमा भुमरिको सयर गर्दा
उदास भो जीबन यो निष्टुरिको भर पर्दा
छातीभरी तनाव बोकी बेहोसमा रुन्छ मन
रित्तिसक्यो भन्थे म त बर्षिरहन्छ झन

आकाश जमिन चारैतिर बहकिन्छ मन
रित्तिसक्यो भन्थें म त बर्षिरहन्छ झन

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |