गीत
प्रकाश सायमी, (काठमाडौँ)
कहिलेको खुसी कहिलेको हाँसो रोएछु एकान्तमा
मलाई विर्सन सक्ने भए जानू, नसम्झ बसन्तमा
म हिँड्ने बाटो मजस्तो एक्लो कहिले थिएन
तिमी जाँदाजस्तो मनमा पहिरो अहिले गएन
फर्केको भए तिमीलाई सम्झी अल्झिन्थेँ दुरान्तमा
तिमीले पनि बोकेकी रहिछौ मेरोजस्तै मुटु
त्यो मुटुभित्र रहेछ कतै कोदालो कुटु
दुखेको भए सहने थिएँ, टुक्रेछु म त अशान्तमा
कहिलेको खुसी कहिलेको हाँसो रोएछु
मलाई विर्सन सक्ने भए जानू, नसम्झ बसन्तमा
Comments
hari har
Jhur geet!!!Naam matra thulo!!!!