हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

पूर्णिमाको सन्दर्भमाः एउटा सम्झनाको तमसुक

असफल गौतम, (स्याङ्जा)

आज गुरु पूणिमाको सन्दर्भ आउदा गुरुप्रतिको मेरो समपर्ण के कति र कस्तो रह्यो । मलाई गल लागेको छ । साँच्चै जिन्दगीमा आफूले नभोगी केही थाहा हुँदैन साश्वत सत्य हो । आज अनायासै याद आयो ति संस्कृतका वाक्यहरु । हुत त म आफूलाई संस्कृत विद्यामा उच्चता हासील गरेको भनेर परिभाषित गराउन सक्दिन । किनकी मैले केही मात्र जानेको हु । तर पनि जती जाने राम्ररी जाने । जति बुझे स्पष्ट बुझेको छु भन्ने लाग्छ । अनि उपयुक्त ठाने यी शब्द यहाँ पस्किनका लागि पनिः
 "मूर्ख शिष्यो पदेशेन दुष्टास्त्रीभरणेन च।
 दुःखितैःसम्प्रयोगेण पडितोस्प्यवसीदति ॥"

 याद आयो धेरै पहिलाको । कक्षामा नवबधु नयाँ बुहारी नवबधु नयाँ बुहारी भनेर संस्कृतको वाक्य सबैका लागि जिस्काउने विषय बनेको थियो । कारण त्यहा कोही भर्खरै नवविवाहिता महिला अध्ययनको लागि भित्रिएको धेरै भएको थिएन । शिक्षकले आँखा राता बनाउनु बाहेक अर्को विकल्प कावार्हीको मात्र थियो । तर चलेन लट्टी । हल्ला नगर भनेर दिनचर्या शुरु भयो । हो शिष्य मुर्ख छ भने उसलाई पढाउनाले । स्त्री दुष्ट छ भने पालन पोषण गर्नाले । प्रियजन वियोग, धननाश आदि कारणबाट दुःखीत व्यक्तिसँग व्यवहार गर्नाले विद्धान वा समझदार व्यक्ति स्वयम दुःखी बन्दछ । यो आर्दशवाणी सतप्रतिशत यर्थाथ भन्दा फरक नपर्ला । किनकी त्यो क्षण अनि आफू गुरु बन्दाको क्षण सम्झदा मुखभरिको गास बनेको छ यो वाक्य पंक्तिकारका लागि ।
 गुरु बनेर आर्दशको खोल ओढेपनि । जिन्दगीका पाइलापिच्छे आइलागेको विषम परिस्थितीको बावजुत मुर्ख शिष्यलाई पाठ पढाउँदै सज्जन बनाउनु फलामको चिउरा चपाउनु हो । यो मर्यादाले मारमा पारेको परिधिभित्र रहेर । लामो समय गुरुको भेष धारण गरेर । असल र खराबको माला पहिरेर आउदा समाजमा भन्ने गरेका अपजसका धेरै पगरी गुथेका छन् गुरुहरुले । राम्रो भन्ने त त्यो उनको दुनियाको शब्दकोशमै छैन जस्तो लाग्छ । उदाहरणका पात्रहरु कति छन् कति । जो स्वयम आफैले भोगेर आएका दैनिकी हुन् । त्यसैले भनिन्छ दुष्ट मान्छे भन्दा सर्प असल । यसमा पनि कारण छन् र वास्तवीकता पनि । सवाल किन ठीक भन्ने हो। सर्पले धेरै समयमा एक पटक डस्छ मात्र एक पटक । कुन बेला त्यो पनि आफ्नो आत्मरक्षाका लागि । तर दुष्टले बारबार डस्छ । जसको कुनै समय सिमा हुदैन र निसाना पनि । विचरा गुरु आर्दशको पाठ पढाउछन् । यर्थाथमा जिउन सिकाउछन् । नैतिकता सदाचार सतविचार सत्मार्ग सत्संगतको वाली लगाएर अपजसको भकारी भर्छन् । तर पनि सन्तुष्ट छन् । मलाई आज कलमले ततायो कापीले पकायो । अनि यी अक्षर पाके । म यी अक्षर पकाउने अवस्थासम्म आईपुग्दा भनौँ यो दैनिकीसम्म ल्याईपुर् याउने गुरुप्रति के नै गर्न सक्छु । केवल सम्मानका साथ एउटा सम्झनाको तमसुक मात्रै सुम्पन सक्छु त्यही गरिरहेको छु ।
 हो यो दुनिया यस्तै हो । असल गुरुको सिकाइ चेलाका लागि केही नजानेको जस्तो लाग्न सक्छ । उ भन्दा आफू नै सो विषयमा विज्ञ सम्झन पनि कत्ति बेर लाग्दैन । जसरी रसायनशास्त्र पढ्दा रदरफोर्ड भन्दा डाल्टन नजान्ने लाग्न सक्छ । यो रसायनशास्त्रको कुरा मात्र भयो । फेरी त्यही शास्त्र मात्र पूरा अध्याय हैन । भौतिकशास्त्रतर्फ मन जान सक्छ । आखिर मनै हो । आइन्स्टाइन भन्दा न्यूटन नजान्ने लाग्न सक्छ । फेरी अर्थका पनि कुरा आउछन् । अर्थ र व्यवस्थापनको प्रसङ्ग जोड्दा रबिन्स भन्दा मार्शल नजान्ने जस्तो लाग्न सक्छ । शास्त्रपनि कति कति सबै समेट्दै जादा महाभारत बन्न सक्छ । साहित्यशास्त्रमा त प्रवेश गर्नै मन लाग्यो । विश्वनाथ भन्दा मम्मट नजान्ने लाग्नसक्छ । त्यस्तै त्यस्तै लाग्नेहरु कति हुन कति । जसरी च्याउ उम्रेजस्ता संस्थाका खहरेका भेल जस्ता वग्ने गुरुहरुका शास्त्रपनि कति जान्ने नजान्ने लाग्नु स्वभाविक नै हो ।
 यहाँ आइन्स्टाइन न्यूटन रबिन्स मार्शल विश्वनाथ मम्मटका मात्र कुरा हैन । धेरै छन् जति यो ववुरोको मस्तिष्कमा आउछन् ती सम्झनु पनि असल चेलो भएर गुरुहरुप्रति गरेको सम्मान हो । विश्वनाथ भन्दा मम्मट मम्मट भन्दा भामह एरिस्टोटल भन्दा प्लेटो यी सबै विषयवस्तुका कुरा गुरुबाटै सिकिएका हुन् । हिजो लाग्थ्यो के गरेको होलान भनेर सबैलाई आज सबै तिनैलाई गुरु मान्दैछन् । किनकी सत्य तितो हुन्छ । मानसपटलमा जसरी सम्झनाका तरङ्ग खेले मेरा गुरुको गुरु परम्पराबाट मैले धेरै कुरा बुझेँ आज त्यसको मूल्याङ्कन गर्दैछु । समाजमा भन्ने गरेको चलन पोहोर मरिन सासु अहिले आए आँसु
 गुरु भनेको असल पाठ पढाउने अनुशासनको व्यवस्था हो । हरेक व्यक्तिमा नैतिकता हुनुपर्छ त्यो उसको व्यक्तिगत धर्म हो । हरेक समुह झुण्ड भनौँ परिवारलाई उन्नतीशील र समृद्ध बनाउन धेरै दायित्व हुन्छ गुरुको । जसरी परिवारमा आमाबाबुको भूमिका गहन हुन्छ र पारिवारिक धर्म पनि। यसैगरी समाजमा रहेका असल विचारको खेती गर्न नसक्नेहरुका लागि समाजको निरन्तर समृद्धिका लागि हरेक सदस्यले पालन गर्नुपर्ने अनुशासनको पाठ भनेको गुरु शिक्षा हो ।
 व्यक्तिगत भन्दा सामाजिक विषय गहन । सामाजिक भन्दा मानविय प्रसङ्ग त्यो भन्दा प्राकृतिक धर्म । जसरी समाजमा यी कुराको खाँचो देखिन्छ । त्यसको अचुक उपचार भनेकै गुरु साचो बनेको हुन्छ । जहान परिवारले व्यक्तिको बाँधा चाहन्न उन्नतीमा भाँजो हाल्दैन खराब आचरण गर्दैन त्यो भन्दा असल खेती गर्ने गुरुहरु विचरा मानविय प्रकृतिको सन्तुलन मिलाउदा मिलाउदा नखज्मज्याउने किसिमको आचरण ऐन कानुन स्मृति र संविधानका धाराको विकासक्रम अवचेतन मनुष्यचेतमा भर्ने गुरुहरु धोवी बनेका छन् ।
 मूर्खाणाः पण्डिताः द्धेष्या अधनानां महाधनाः।
 वरास्ङ्गनाः कुलीनानां सुभगानां च दुर्भगाः॥

 यसरी फागुको उमङ्गमा विकृतिको खेती फैलिएझैँ असल गुरुहरुको बालीमा बज्र परेको अवस्य पनि राम्रो हैन् । सवाल सबै आईसकेका छन् । यहाँ भनिएको वाक्य एक पटक सबैले मनन गरे पक्कै गुरुप्रति गरिएको सच्चा सम्मान हुने छ । यही प्रण गरौँ कि त्यो वाक्य राम्ररी बुझौ कसरी भन्दा गुरुप्रति र गुरुले चेलाप्रति कस्तो व्यवहार गरे र गर्नुपर्छ भनेर । हो जसरी मूर्ख व्यक्ति विद्धानसँग जल्दछ। किन भन्दा उसले सधै उ सँग द्धेष राख्दछ । गरीब धनीसँग जल्दछ् । उसको धनको सुख सन्तोषको इष्र्या हुन्छ । वेश्याहरु पतिव्रतासँग जल्छन् । केवल भोगचलन हुन्छ । भावनात्मक स्नेह प्राप्त हुदैन तर शरीरको शोषण हरसमय हुन्छ । विधवा सधवा देख्दा भाग्य सम्झेर रुन्छन् । असमयमै अभिषापको फल भोगेका हुन्छन् । कुरुप व्यक्ति सुन्दर प्रति द्धेष गर्छन । आफू नराम्रो भएकोमा अरुको नजरबाट गिर्नु परेकोमा जल्छन् । यसर्थ जसले जसलाई कमजोर सम्झेपनि त्यो विषयको निपूर्णता नै उस प्रति गरिएको सच्चा सम्मान हो । आखिर डोको भरिने भनेको गोवरले हो । यदी दुध दुहेर भर्न खोजीन्छ भने अवश्य पनि बज्र पर्न सक्छ । तसर्थ बेलैमा सोच विचार गर्न सकेको खण्डमा परिवार समाज र आफ्नै दैनिकी पनि असल बन्न सक्छ यही गुरु पूर्णिमाको अवसरमा सबैमा यो चेतनाको विकास होस् अस्तु ।

Comments

laxmi

राम्रो छ तपाईको रचना मन छोयो मेरो पनि सर

bidha

यो तपाईँको लेख हैन । अनुभुती हो भन्छु म किनकी त्यो तपाईँको लामो समयसम्म शिक्षण गर्दाको अनुभव हो । साहित्यको विद्यार्थीले त्यतीको लेख्नु राम्रो हो जस्तो त लाग्दैन ठीकै हो । आजभोलिका विद्यार्थीहरुको चाला पनि त्यस्तै छ के गर्ने पीर नर्गनु होला ।

sanu

असफल जि तपाईंको लेख रचनाले मन त कहिले छोएको थिएन र आज खाखसमा पनि पढ्न पाउदा अत्यन्त खुशी लागेको छ धेरै राम्रो समय सान्दर्भीक रचना यसैगरी सबै टाउँमा दिनुपर्छ तपाई यी मोफपसलका पत्रिकामा मात्र खाफ्ना रचनामा सन्तुष्ट भएर हुदैन घेरै राम्रो काम हो यो

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |