हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भग्नावेशबाट

बिध्या सापकोटा, (हालः शंकरदेव कलेज, काठमाण्डौं)


 सपनाको 
 भग्नावेशमाथी
 टुसुक्क बसेर
 बग्दैथे सिम्सिम्सिम्……………।
 गुन्जियौ तिमी
 चिच्यायौ करायौं
 उफ्रिंदै अलाप्न थाल्यौ
 गुनासागाली अनि श्रापका धूनहरु ॥
 
 दोषी म तिम्रो आँखाको
 अपराधी म तिम्रो सपनाको 
 ……………………………।
 म स्विकार्छु मैले ढालिदिएँ
 त्यो स्वाप्निल महललाई
 कवोल गर्छु मैलै धक्का दिएँ
 धमिराले निमिट्यान्न पारेको धरोहरलाई ॥
 
 यसकारणले कि 
 म तिमीजस्तो आर्दश बन्न सकिन
 बचाउदै सपना आफैलाइ मार्न सकिन
 विचारका परिधी च्यातिएर
 मन मनबाटै पाखा लागिसके पछि
 बाँध बाध्ने मुर्खता मैले गर्दै गरिन ॥
 
 हेर्दा
 देखिन्थ्यो त्यो
 सलसलाउदो/जगमगाउदो 
 आफैंमा भव्य/आलिशान…॥
 भूकम्प त आएकै थिएन
 भत्कियो /ढल्यो
 सानै झोक्कामा गलम्मै……॥ ॥
 
 देखिनु र हुनु फरक कुरा
 भत्कियो त्यो भत्कनु नै थियो
 ढल्यो त्यो ढल्नु नै थियो 
 न अपशोच/न पश्चाताप ॥
 
 चोखिन चाहन्छौ तिमी
 त्यो तिम्रो कुरा 
 माफ गर या नगर
 त्यॊ तिम्रो स्वतन्त्रता……॥
 
 तर पनि भन्छु
 बिर्स भग्नावेश 
 छोड आडम्बर
 स्वतन्त्र भैसक्यौ तिमी
 विउझ सपनाबाट 
 खोल आँखा
 झुल्किसक्यो घाम
 श्री अन्तु डाँडामा । 
 

Comments

काशीराम शर्मा

Bidhya Jee Tapaiko Kabita Padhe. Hamlai Pani Yasaqri nai lekhna Sikaunu na la....

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |