हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

शिव प्रकाश, (बोस्टन, अमेरिका)


मान्छे-मान्छे बिच नै शिकार छ
मान्छेले मान्छे ठान्नु धिक्कार छ

मान्छेको शत्रु -मित्र, मान्छे आफैं
मान्छे-मान्छे भित्र के विकार छ ?

इमानी कुकुर, विष्टा खाएर
मान्छे भन्दा पशु नै निखार छ

विराट शत्रु रूप मित्र भित्र
मुटु चिर्ने करौतीको धार छ

रोएर के ? कसाई सामू बोको !
मान्छे सामू मान्छेको चित्कार छ !

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |