हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अविराम लयः जस्तै जिन्दगी

साम्ब ढकाल, ()

मत्स्यन्द्र दाइ हो रहेछ

जिन्दगी त

अविराम लय नै हो रहेछ ।

 

यो कसैगरी कतै जोडिएकै छ

नटुटाइकन आमाको काखमा घुँक्कघुँक्क आँसुको गीत

हरेक लडाइँमा हारको माला

जिन्दगीभरि वाङ्गाटिङ्गा गोरेटोको अक्करे यात्रा

हो रहेछ अविराम लय नै

जिन्दगी त Û

 

धेरै दुःखको प्राप्ति थोरै सुख आक्कलझुक्कलमात्र

टाढाटाढा बज्ने आनन्दको धुनहरु अप्राप्य जस्तै

घरिघरि गिजोल्न आइरहने पीडाका हिँस्रकहातहरु

र गाउन हम्मेहम्मे जीवन गीत

उस्तैउस्तै

सबै उस्तै अविराम लयः जस्तै जिन्दगी ।

 

किञ्चित मुस्कान पनि लखेटिएर ओठहरु सुख्खा हाँस्न खोज्छन्

मुटुले समवेदना ढुकढुकाउन नपाएको सायद धेरै भयो

मान्छेका अहंकारले वस्तीहरु जलेको हेरिरहेका आँखामा

सुन्दरभन्दा सुन्दर दृश्यांसको

प्रतिक्षामात्र प्रतिक्षा भएर रह्यो हरेक क्षण

यसरी

एकै भाकामा गुन्जिए जीवनका अविराम लय ।

 

सम्झौतैसम्झौताको अभिलेख काखी च्यापेर खोकिलामा

जिन्दगीले सिसिफस दौड दौडेकोदौड्यै कहाँसम्म ?

हराएर उपलब्धी हरेक जीवनयुद्धको

आखिर पाउनुको नाममा फगत

लामों निऽऽऽऽऽऽश्वास

नऽऽऽगऽऽऽऽन्यऽऽऽऽऽपीडा

अन्त्यहीन दुःऽऽऽऽऽऽऽऽऽऽ  !


(मत्स्यन्द्र प्रधानको उपन्यास आरोहण पढेपछि
।)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |