गजल
मिथिला प्याकुरेल, (टाँडी, चित्तवन ।)
एउटा तारा मलाई आकाशबाट हेर्छ राति राति
नआउन्जेल भानुप्यारा मलाई आकाशबाट हेर्छ राति राति
मन हुँदो हो उसको पनि सँगै बस्न प्रीतले कस्न
तर ऊ त कठैबरा मलाई आकाशबाट हेर्छ राति राति
एकछिन नदेख्दा कति आत्तिन्छ मन भन्छन् प्रेम गर्नेहरु
पर्खिएरै रात सारा मलाई आकाशबाट हेर्छ राति राति
छटपटिन्छ आत्तिन्छ म देख्छु कति तड्पन्छ त्यो
भन्दैन केही तर विचरा मलाई आकाशबाट हेर्छ राति राति
नबोलेरै काट्छ रात शीतको आँसु छाड्छ विहान
यस्तो छ जो कर्महारा मलाई आकाशबाट हेर्छ राति राति