गीत
प्रकाश सायमी, (ललितपुर)
तिमी हाँसी हाँसी उकालो चढ्नु म नास्सिएको कहिले नदेख्नु
त्यो पहाड खसेको साँझमा तिमी खुसीको दीप जलाउनु
भन्नेले अनेक भन्ला कथा तर्कना लाख गर्ला तर विसर्िनु
त्यो के दुःख हो र जसका लागि घरि घरि फर्किनु
तिमी शिखरमा एक्लै पुग्नु तर म भास्सिएको कहिले नदेख्नु
एक मेरो भूललाई तिमी बार बार भन्न खोज्छौ किन
खुशी त छँदै थिएन तिमी हजार बार सम्झिन्छौ किन
कुल्चेकै हेर्ने रहर छ भने अब म फुलेको कहिले नदेख्नु