विरोधाभास
विद्या सापकोटा, (हालः शंकरदेव कलेज, काठमाडौं)
मेरा लालायित आँखाहरुमा
टल्कन्छ एक हुल सपना
टिलिक्क हिरा बनेर
एकदम जगमगाउँदो…तेजस्वी
त्यसकै मोहमा
त्यही एक टुक्रामा
नजाने कति सपना सजाएँ
कति कल्पना उमारँ
कत्ति कत्ति िसंचाइ गरँ
अझै त्यो अपरिचित नै छ
सायद चिन्न नचाहेर होला
चिन्न नखोजेर होला
हुनसक्छ चिन्न नसकिने भएर पनि होला ॥
म सम्झन्छु
ती नयनमा डुवेका पलहरु
नयनभित्रका सयरहरु
जहाँ मैले निकास खोजेथेँ
छुट्टै बाटो खोजेथेँ
एक बटुवा बनेर …
सायद बिश्रान्ति
अिन
कहिलेकािहं बासै पिन
निर्धक्क बनेर ॥
मलाई त्यो सपनाको माया लाग्थ्यो
त्यो बाटो
त्यो चौतारो
त्यो पधेंरो
त्यो रनवन
त्यो सानो झुपडी
सवै सवै आफ्ना लाग्थे
त्यो आँखाको ढकनीवीच
उघ्रन्थ्यो विश्वासको जून
तर
हेर अझै अपरिचित
हामी र हाम्रा साइनोहरु
हो प्रेम गर्छु
म खुव प्रेम गर्छु तिमीलाई
एकदम माया गर्छु
सम्झना गर्छु/ गरिरहन्छु
ती पलपललाई…
मन लाग्छ
कुनै फल झैं झट्ट टिप्न
कुनै पुतली झैं
आफ्नै मात्र बनाउन
र
फूल झैं शिर मैं सजाइराख्न पनि
विवशता अनौठो
तिमी त्यस्तो हिरा ……
बतासको सानो झोक्का मै उडिजाने
कर्कलाको पानी जस्तै
कतै टुट्लाउ…छुट्लाऊ
हराउलाउ…।
डर र सन्त्रासमा चेपिएर
म टाढा बस्छु
नछोइकन……॥नपाइकन
अझै पनि विरोधाभाष एउटा
मुटु एक ढुकढुकी फरक
मेरै तिमी अनि पराइ पनि ॥
कल्याणपुर ७ नुवाकोट