हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सुनको छाना

सुमित्रा अधिकारी, (बाँसवारी , काठमाडौं)

महान छौ तिमि नेपालको सन्तान अमूल्य जन्मेको
नेपालको झण्डा बोकेर तिमि विश्वमा उठेको
हिमालको छेउ पवित्र नदि त्रिशुली बगेको
उदाउ तिमि त्यहि हिमालबाट ज्योतिको एक झुल्को
 
देव र देवी मिलेर सुन्दर नेपाल बनाएको
चाँदीको पर्खाल सुनको छाना यो हाम्रो नेपालको
फैलेर हेर यो धर्तीमाथि के छैन फलेको
थपेर राख अमृतको थोपा दिन रात बर्सेको
 
यो धरतीमाथि बसेर होइन हिंडेर देखाउ
थाकेर होइन जाँगर चलाई जितेर देखाउ
आशिष लेउ आमाको तिमि एक मुट्ठी माटोको
प्रेमले मिलाउ मिलन गराउ धर्ति र आकाशको
 
यो जन्मभूमि नेपाल हाम्रो धर्तीमा स्वर्ग हो
यो स्वर्गलाई सिंगारी राख्नु कर्तव्य हाम्रो हो
नेपालीपन झल्काई हामी आमाको मुहार
आफ्नै भाषा आफ्नै रङ्ग श्रिंगार हजार

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |