हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

विजय कोइराला (अदिन), (झापा)

किन किन आज मलाई डर लाग्दैछ।
तिमीलाई भेटेदेखि मुटु काप्दैछ।

कस्तो रोग लाग्यो यो निको नहुने।
आजकाल किन मलाई यस्तो प्याष जाग्दैछ।

जमिसके आँखा मेरा तिम्रो शरीरमा।
ओहो!किन मन यो आफ्नो सीमा नाग्दैछ।

चोरी हाल्यौ दिल मेरो लायौ मोहनी।
हरे ! किन आफ्नै मन टाढा भाग्दैछ।

प्यासी म प्यास मेटाउने तिमी कुवा हौ।
होइन भने किन यी ओठ तिमीलाई ताक्दैछ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |