हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

डा. दीपक खडका, (पेन्सिलभेनिया)



 
चन्द्रमामा दाग देखें
मेरो तिम्रो भाग देखें­
 
सस्ता कुराको नै बेसी
बजारमा माँग देखें
 
जहाँ वैरभाव देखें
त्यहाँ अनुराग देखें
 
म पछाडि को आयो हँ ?
इसारा 'चुप् लाग' देखें
 
ठुटो देखेको दिउँसो
रातमा चिराग देखें
 
रंगीचंगी फूललाई
बाख्राको साग देखें
 
मजुरको प्वाँख खस्दा
'दीपु' लाई काग देखें

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |