हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

समुद्र

बिनोद खड्का, (दोहा, कतार)



कसैले समुद्रसंगै फोटो बनाए
समुद्रकै नील सरोवरमा रमाए
उनकै वक्षस्थलमा नुहाए
उनकै वक्षस्थलमा पौडिए
तर
नजानु समुन्द्रको गहिराईमा
नखोज्नु केही समुद्रको क्षितिजमा
जो कसैका आकंक्षाका वन्दी होईनन
कसैका रहरका खेलौना होईनन
जो तिनीहरु घिसारुन पछारुन
आफ्नै चाहनाले बिगारुन ।

ती अनवरत छालहरु
निरन्तर माझीका जालहरु
कोही बाँच्छन समुन्द्रकै गर्भमा
कोही हाँस्छन यिनकै मर्ममा
समुद्र
विशालताको प्रतिक
एकताको प्रतिबिम्ब
खुसी छिन्न सक्छिन
पीडा बाँडन सक्छिन
अदभूत रहश्यकी खानी
सौन्दर्यकी महारानी ।


अहा कस्तो संयोग !
छालहरुमा बिम्बित प्रेमलहरहरु
किनारासंग चुम्बन लिँदा
बालुवाहरु तीर्खा मेट्दै छन
किनारा समुन्द्रमा मिसिदै
समुन्द्र किनारामा लिपिदै
बर्षा र हिउँद काट्दै छन
अविरल यात्रामा चल्दैछन
किनारामा रमाउने मान्छेहरु
कोही टोलाउँछन
कोही लोलाउँछन
कसैले त बुझ्यो होला यो प्रसंग प्रेमको
आखिर प्रेम नै त रहेछ आधार
के प्राणी के समुन्द्र
यसैमा त रहेछ अनमोल बहार ।

नील आकाश महिमा
समुद्र चल्मलाउँदो छ
या समुद्र आकाशमय भएको छ
खोई कसरी छुटृाउने हो
कुन कता हराएको छ
कुन कता मिसिएको छ
सायद एक अर्कामा हराएका छन
सुन्दरताका पयार्यवाची
सायद प्रेममय छन सबै
आखिर प्रेम नै त रहेछ आधार
के प्राणी के समुद्र
यसैमा त रहेछ अनमोल बहार ।

पवन उठ्यो सुस्तरी
फिजारिदै जगतमा मनपरी
ब्युझायो शान्त समुद्र जसैगरी
ब्युझियो समुद्र, उठ्यो छालभरी
अहा कस्तो मीठो संयोग यो प्रेमको
पवन छालमा मिसियो
छालहरु पवनमै लिपियो
यो कस्तो प्रणयलीला
युगौ युग चलिरह्यो
आखिर प्रेम नै त रहेछ आधार
के प्राणी के समुद्र
यसैमा त रहेछ अनमोल बहार ।

पहाडहरुसंग पनि मिलेकी
चटृानहरुसंग पनि रमेकी
मरुभुमिका वालुवाहरु देखी

सबै सबैसंग किनारा जोडेकी
जहाँ हेरेपनि जता देखेपनि
समुद्र मुस्कुराइरहेकी
मदमस्त झै बैंसले सर्माईरहेकी
षोडसी श्रृगांरकी यौवना
अहा प्रेमात्तुर छालहरुमा मिसिएर
बैंश पोख्न उर्लिरहेकी
आखिर प्रेम नै त रहेछ आधार
के प्राणी के समुद्र
यसैमा त रहेछ अनमोल बहार ।

अहो कस्तो दूर्भाग्य!
मान्छे त खेल्छ फोहोरी खेल
बिगारीदिन्छ रुप
तिन
को
बने झै बर्षाको खहरे भेल
कहिले बम बारुद पडकाउँछ
मारीदिन्छ निर्दोष तीनका जलचरहरु
बनाईदिन्छ
तिन
को रुप विकृत
पोखि बिषालु ग्याँस र तेलहरु
दौडाउँछ
तिन
कै वक्षस्थलमा
हतियारधारी युद्धपोतहरु
मेटाउदै
तिनका
अविरल
प्रेममय सून्दर ती छालहरु
सायद
यिनै
थिए कि बाध्यताहरु
उर्लिदिए सुनामीहरु ।


३० जनवरी २०१०,  शनिवार

Khadkabinod02@yahoo.com

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |