हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

विजय कोइराला (अदिन), (झापा)

 
   
 विदेशीको झण्डा ओढी नेपाली हूँ भन्छौ?
 आफ्नै दाइको टाउको फोडी नेपाली हूँ भन्छौ?
 
 मेची खाए, टिष्टा खाए, खाए कालापानी।
 पराइको फूल गोडी नेपाली हूँ भन्छौ?
 
 बोल्छौ देशको अहितमा जन्म त्यही नै हो।
 देशीमन अन्तै मोडी नेपाली हूँ भन्छौ?
 
 तिर्छौ कहिले दूधको भाडा तिमीले पिएको।
 भाइभाइको नाता तोडी नेपाली हूँ भन्छौ?
 
 साथ दिन सक्दैनौ त बन्द गर बोली।
 राष्ट्रप्रेम सबै छोडी नेपाली हूँ भन्छौ?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |