हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

खहरे, (गुल्मी, रुपाकोट)


झिम्क्याउदा आँखा पनि मन्को  भाषा बोल्छन हजुर।
तिम्रो छाया पर्‍यो भने बनपाखा फुल्छन् हजुर।

अचम्मको कथा हुन्छ,ब्यथा हुन्छ मायालुमा,
तिमीलाई सम्झिएर अरु सारा भुल्छन हजुर।

तिम्रो जीवन तिमीलाई फूल जस्तै लाग्छ होला,
मायालुले जीवन यो मायासँग मोल्छन हजुर।

हनुमान झै मायालुको माया माथि शंका गरे,
आफ्नो भक्ती देखाउन आफ्नै छाती खोल्छन हजुर।

शोक हुन्न, भोक हुन्न, रोग हुन्छ सम्झनाको,
सपनामा बिउँझीए नि सम्झनामा झुल्छन हजुर।

राम अनि सिता हुन्छन्, लोभ लाग्दा कथा हुन्छन,
सतित्वको लागि सिता, चिता माथि जल्छन हजुर।

साउनमा "खहरे" झै झरी सरी उर्लिएर,
बसन्तमा हेर्दाहेर्दै बगरमा   छल्छन हजुर।


01/10/10

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |