हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

विजय कोइराला (अदिन), (झापा)

जुनको शितल छाहारीमा तिमी आइदेऊन।
निन्दरीको मध्य भागमा तिमी छाइदेऊन।

विछोडको पीडा आज केहि भुलाउन।
सपनीमा आइ मलाई मलम लाइदेऊन।

मधुर स्वर आहा! त्यो मन रमाउने।
मायाका ती पलहरुको गीत गाइदेऊन।

तिम्रो यादको खेती अब चाँडै सिध्याउन।
बिन्ती अझै केहि पल यहाँ धाइदेऊन।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |