हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

जग्गा दलालको आत्मकथा

सङ्गीत आयाम, (चितवन, भरतपुर))

 
 
 "म एउटा जग्गा दलाल हुँ" यसो भन्नुमा मलाई कुनै संकोच छैन । आखिर आफू जे हो त्यही भन्नु नै वास्तविकताको प्रकटीकरण होइन र आज हेर्नुहोस् मैले जीवनभरि गर्न नसकेको प्रगति अहिले जग्गाको कारोबारमा लागेपछि गर्न सकेको छु । मैले कहिल्यै सोचेको पनि थिइन कि मेरा सबै आफन्तहरुभन्दा अघि यति छोटो समयमा म सम्पन्नहरुको सूचीभित्र पर्छु भनेर ।
 
 जग्गाको कारोबारले मलाई फलाएको छ फुलाएको छ । जग्गाले नै मलाई केही समययता हराभरासमेत बनाएको छ । जग्गा नै रहेछ सबैभन्दा छिटो प्रगति गर्ने माध्यम । जग्गा नै भयो मेरो अब सबैभन्दा ठूलो भगवान । म पहिला बन्जर भूमि थिएँ तर आजभोलि हरियाली फाँट भएको छु । म पहिला शून्य उदास रहन्थें तर आजभोलि सदाबहार मौसमको रुपमा छाएको छु ।
 
 साँच्चै जग्गाको कारोबारमा लागेपछि धनको उचाइको क्रम यति तीव्र हुँदै गयो कि जुन आफैंमा निकै आश्चर्यजनक पनि लाग्छ । जग्गाप्रकि्रयामा सामेल भएपछिको अतुलनीय सम्मोहन कति मिठासपूर्ण छ भने त्यसलाई सही ढङ्गले व्याख्या गर्न हजार जिब्रा भएको शेषनागलाई पनि गार् हो पर्ने देखिन्छ । जग्गाको आकर्षणमा मदमत्त भएदेखि त्यसलाई छोडेर अर्कै क्षेत्र अँगाल्ने कल्पना पनि गर्न नसक्ने भएको छु यतिखेर । धन भएपछि संसारमा हरेक कुरा किन्न सकिन्छ भन्ने मान्यताबाट अभिप्रेरित रहेको प्राणी पनि हुँ म । विशाल धनराशिको मालिक भएको सपना यथार्थमा रुपान्तरण भैरहेको यो बेला जग्गा दलालीको अनुपम आनन्दबाट म हरक्षण अभिनन्दित हुँदै गरेको आफ्ना आँखा अगाडि झलझली देखिरहेछु । हुन त जीवन यात्राको क्रममा अरु पनि पुरस्कार र सम्मानहरु मेरा झोलीमा नपरेका होइनन् तर जग्गा कारोबारको धन्धाले दिने गरेको सन्तुष्टि भने अरु सबै कुराहरुभन्दा निकै गुणा माथि पनि छ जसको तुलना कुनै वस्तु वा चीजबीजसँग हुनै सक्दैन ।
 
 यसक्षेत्रमा लाग्नुभन्दा अगाडि ममा पनि अरुमा जस्तै इमान्दारिताको चर्को भूत सवार थियो । म पनि त्यतिबेला जग्गा दलालहरुलाई यति घृणा गर्दथें कि झुक्केर पनि कहिल्यै उनीहरु जसरी लाग्नु नपरोस् भन्ने कामनामा लिप्त रहन्थें । त्यतिबेला आफूले कमाएको इज्जत प्रतिष्ठा नाम खेर जाने डर नै मेरा लागि सर्वोपरि थियो । त्यतिबेला जीवनमा प्राप्त शिक्षाको प्रभाव यति सशक्तरुपमा परेको थियो कि जसका कारण धन सम्पत्तिको कुनै पनि लालचबाट म निकै पर रहनु अस्वाभाविक पनि थिएन ।
 
 समय क्रममा म इमान्दारमात्र रहेर बाँच्न नसक्ने अवस्थाको सिर्जना हुँदै गयो । अरुलाई जस्तै मलाई पनि लोभ र लालचको मादकताले आकर्षित गर्न थाल्यो । प्राप्त सबै शिक्षाहरु एक्कासि एक्काइसौं शताब्दी अनुकूल नरहेको पाउँदा मलाई शिक्षारुपी खोल ओढेर आदर्शवादी महापुरुष बन्नु माजुर भएन । जीवनको अभिन्न हिस्सा बन्ने प्रगतिका लागि मैले यथार्थको रणभूमिमा अव्यावहारिक हुन पुग्ने शिक्षालाई त्याग्नु जरुरी पनि थियो ।
 
 म सँगसँगै पढेका साथीहरुले गरेको अपत्यारिलो प्रगति देख्दा मलाई पनि त्यस्तै बन्ने रहरले गाँज्न थाल्यो र म लागें सबैभन्दा सजिलो र रातारात मालामाल हुने पेशातिर अर्थात् बिनाखतरा र बिनालगानी नै जिन्दगीलाई सदावहार मुक्तिका मार्गतिर उन्मुख गराउने जग्गा दलालीतिर । ुजग्गा दलालीु यी दुई शब्दभित्र कति ठूलो शक्ति लुकेको रहेछ मैले त्यसपछि मात्र अनुभव गर्न सकें । जीवनमा धेरै पुस्तकहरु पढियो । कतिले आनन्द पनि दिए भने कतिलाई बुझ्नै नसकेर बीच बाटोमै छोडियो । तर ुजग्गा दलालीरुपीु पुस्तक भने मेरो जीवनमा सबैभन्दा बढी प्रभावित पार्ने पुस्तकसमेत बन्न पुग्यो । यसलाई जो कसैले सजिलैसँग आत्मसात पनि गर्न सक्ने र बुझिएन भनेर बीच बाटोमै छोड्नु पनि नपर्ने । संसारको सबैभन्दा महान् पुस्तकका रुपमा मैले ुजग्गा दलालीु लाई आत्मादेखि नै ग्रहण गर्न पुगें र त्यसमा प्रवेश सँगै मेरो विस्तारित रुप झन् झन् फैिलंदै गयो ।
 
 म फेरि पनि भन्छु जीवनकै सर्वोत्कृष्ट पुस्तक हो 'जग्गा दलाली' । जिन्दगीलाई यति छिटै हराभरा र सम्पन्न पार्न सक्ने खुबी भएको कुनै पनि पुस्तक विश्वमा आजसम्म प्रकाशित भएकै छैन यो बाहेक । विदेशमा गएर म दास हुँ भन्ने मानसिकताको झन्डा गाडी डलरमा नेपाली रुपैयाँलाई अवमूल्यन गर्नेहरुका लागि पनि ठूलो शिक्षाका रुपमा अघि आएको देखिनुले 'जग्गा दलाली' को महानतालाई प्रत्यक्ष अनुभूत गर्न सकिन्छ । अब पैसाको खेल खेल्नलाई विदेश धाउनु नपर्ने भयो स्वदेशमैं त्यसभन्दा कयौं गुणाबढी खेल्ने अवसर प्राप्त हुने भयो । कति रमाइलो छ यसको संसार ! कति मुलायम छ यसको अँगालो ! माटोरुपी अक्षर र जमिनरुपी शब्दको महान् समायोजनले छिनभरमैं लाखौं करोडौं झर्न सक्छ । कल्पना यथार्थमा क्रमशः रुपान्तरण हुँदै गएको समय हो यो । अब तपाईं नै भन्नुहोस् त छ कुनै उत्कृष्ट पुस्तक विश्वमा योभन्दा अरु कुनै ?
 
 साँच्चै नै पहिला धेरै गार्हो थियो मलाई ! मैले आफू र आफ्नो परिवारलाई पाल्नुपर्ने दायित्व निर्वाह गर्नुपर्ने हुँदा पैसा खेलाउने सपना सधैँ मदेखि टाढा टाढा हुँदै जान्थे । परिवारले खोजेको कुरा मैले समयमै उपलब्ध गराउन नसकेको क्षण त लाग्थ्यो कतै म नपुङ्सक बन्ने यात्रामा त सामेल छैन ! मान्नुहोस् कुनै गृहकार्य नगरेको विद्यार्थी गुरुको अघि उभिएर याचनाको भीख मागिरहेको छ । आज मेरो खुसी अद्भुतरुपमा प्रफुल्लित छ । जग्गा दलालीमा म मात्र एक्लो छैन समाजमा नयाँ कीर्तिमान स्थापित गर्दै मेरो सबै परिवार नै यसमा समर्पित भएर लागेको छ । प्रारम्भ कठिन भए पनि सफल परम्परा स्थापित हुँदै जान्छ भन्ने उदाहरण पनि हो यो ।
 
 संसार परिवर्तनशील छ । कुनै पनि कुरा यथास्थितिमा रहन सक्दैन नै । विनिर्माण त जीवनको रीत हो । सधैं उस्तै रहेर पुरानो प्रकि्रयालाई नै पुनरावृत्त गर्नुको के औचित्य वास्तवमा परिवर्तन समयको माग पनि हो । त्यो अवलम्बन भएन भने रुढगस्त मानसिकता हावी हुने खतरा सधैँ देखिन्छ । कुनै मान्छे सधैँ गरिब नै हुनुपर्छ भन्ने छैन । कुनै मान्छे सदा इमान्दार नै भएर बलिको बोको भइरहनुपर्छ भन्ने हुँदैन । एक्काइसौं शताब्दीको अपेक्षाअनुसार मान्छेले आफूलाई ढाल्न सकेन भने िहंड्दा िहंड्दै सिद्धिने खतराको तीव्रतमरुपमा विकास हुँदै जान्छ ।
 
 जीवनमा हरेक मान्छे धेरैपल्ट शिष्य भएकै हुन्छ । गुरु बन्न सक्ने हैसियत नराख्ने मान्छे त अझ बढी शिष्यका रुपमा यात्रारत रहन्छ । मेरा पनि धेरै गुरुहरु थिए तर मलाई नाम र पहिचान दिने एक्लो विशेष गुरुको यस आत्मकथामा मैले चर्चा गर्न सकिन भने उनीप्रति निकै अन्याय हुन जाने कुरा मलाई थाहा छ । यस कुरामा मलाई निकै दुःख लाग्छ कि उनले मलाई दिएको शिक्षाको मैले राम्रोसँग अनुसरण भने गर्न सकिन ।
 
 सत्य कुरा भन्छु यदि म गुरुको पछि लागेर िहंडेको भए म कुनै अर्को गुरुको रुपमा परिभाषित त हुन सक्थें हँूला तर भौतिकरुपमा सम्पूर्ण साधन र स्रोतले सम्पन्न आजको विशिष्ट 'म' भने हुने थिइन नै । समयमैं मैले पट्यारलाग्दो बौद्धिकताको कष्टकर बाटोलाई त्यागेर सजिलै सम्पन्नताको यात्रालाई आत्मसात नगरेको भए मसँग अहिले भव्य बङ्गला महङ्गा गाडी र धेरैको लागि कल्पनाभन्दा पर रहेको 'स्वप्ननगरी' जस्तो केही पनि हुने थिएन ।
 
 कहिलेकाहीँ मलाई निकै टीठ लागेर आउँछ गुरुको अभावग्रस्त जिन्दगी देख्दा देख्दिन भन्दा पनि देख्नैपर्छ । चेतनाको नाममा साधनाको भूत एउटा मान्छेमा कतिसम्म चढ्न सक्दो रहेछ भन्ने उदाहरण खोज्न कतै टाढा जानु पनि पर्दैन । मान्छे कहाँबाट कहाँ पुगिसके ! आफूसँग केही नभएका मान्छेहरु पनि संसारका ती यावत भौतिक सुख सुविधाहरुमा चुर्लुम्म डुबिसके । थोत्रो चप्पलमा सुतरीको डोरी लगाएर राजनीति गर्नेहरुले पनि करोडौंको पजेरो र प्राडो चढिसके । आफूसँग बुद्धि विवेकको खानी नभए पनि व्यापार व्यावसाय गर्नेहरुले भव्य दरबारजस्ता बङ्गलाहरुसमेत ठड्याइसके तर लामो समयदेखि यातनाशिविरमा निरन्तर प्रताडनाको शिकार बन्दै आएका मेरा गुरुको अवस्था भने उस्तै देख्दा कुन संवेदनशील शिष्यको मन नरोला र ! निकै दुःख लाग्छ सगरमाथाजत्रो सम्पन्नताको उचाइबाट फेदीमा बिलाउँदै गएको आफ्नो गुरुको अवस्थालाई हेर्नुपर्दा ।
 
 मलाई कहिलेकाहीँ त निकै आश्चर्यसमेत नलाग्ने होइन प्रगतिको मार्ग धेरै हदसम्म अवरुद्ध गर्ने ती पुस्तकहरुमा त्यस्तो खास के छ जुन गुरुदेखि कहिल्यै पृथक हुन मान्दैनन् ! ती अक्षर र शब्दहरुमा त्यस्तो विशेष आकर्षण के रहेछ जसलाई गुरुले कहिल्यै पनि छोड्न सक्दैनन् ! शिक्षा र चेतनाको उज्जालो बाँड्ने भनी मात्र अक्षर र शब्दहरुलाई यति धेरै माया गरेकै आधारमा दिनानुदिन कङ्गाल बन्दै गएका गुरुको यस्तो दयनीय अवस्था देख्दा शिष्यको हृदय पीरै पीरको ज्वालामुखीले घेरिएको छ । तर के गर्ने ! मेरो विशिष्ट हैसियतले यस कुराको अनुमति नै िदंदैन कि मैले गुरुलाई कुनै गुरुदक्षिणा दिउष ।
 
 साँच्चै मैले बेलैमा उन्नति नै गर्न नदिने शत्रुरुपी पुस्तकहरुलाई हुत्याएर जग्गा दलालीको सुन्दर यात्रामा यात्रारत नरहेको भए मेरो अवस्था आज पनि गुरुको जस्तै त हुने थियो नि ! मलाई पनि दुनियाँले भन्ने थिए गुरुको अर्को अवतार ! मैले भगवानलाई विशेष धन्यवाद भन्नैपर्छ कि म गुरु होइन र कहिल्यै हुन्न पनि । प्रगतिको अकल्पनीय उचाइमा पुगेर म अब केवल बौद्धिकताको नाममा पल पल गुरु जसरी सहिद हुन सक्दिन ।
 
 यो देशमा इमान्दार हुनु अव्यावहारिक हुनु पनि हो भन्ने कुरा घामजस्तै छर्लङ्ग छ जुन कुरालाई मेरा कतिपय आफन्तहरुले नबुझ्दा कहिलेकाहीँ मलाई निकै दुःख पनि लाग्ने गर्दछ । म पनि मान्छे नै हुँ मभित्र पनि त कहिलेकाहीँ भावनात्मक मुटु सल्बलाउँछ । हुन त मलाई पढेलेखेकै मान्छेका रुपमा समाजले ग्रहण गर्छ । यसअर्थमा तपाईंहरुले मलाई बुद्धिजीवी भन्दा पनि हुन्छ । देखाउने दाँत र खाने दाँतको कथा मैले तपाईहरुलाई भनिरहनु नपर्ला । मौसमअनुसार मैले त्यस प्रकि्रयालाई आफ्नो जीवनमा लागू गरेको पनि छु । आखिर शिक्षित मान्छे भएपछि मलाई त्यस्तो अभियानमा सङ्लग्न हुनु गार् हो पनि परेन । वास्तवमा म त्यस्तो पानी हुँ जसमा जस्तो रङ्ग मिलायो त्यो पानीले त्यस्तै स्वरुप आफूमा निर्धारण गर्दछ । खास कुनै पनि सिद्धान्तप्रति कहिल्यै पनि प्रतिबद्ध नरहेको म परिवर्तनको अर्को नाम पनि हुँ हाल निकै चर्चामा रहेको उत्तरआधुनिकताको अर्को रुप !
 
 मौलिक विद्वत्ता भने मेरो क्षमताभन्दा निकै बाहिरको कुरा हो भनेर मैले समयमैं महसुस नगरेको भए म अहिले पनि थोत्रो साइकलमा कतै गैरहेको हुने थिएँ कसैको कारले एक्कासि आएर मेरो साइकललाई ठोक्न सक्ने थियो । मेरो हैसियत रातारात अब यस्तो हुन पुग्यो कि मेरो कारद्वारा अब कसैको साइकल ठोकिने संभावना बढ्यो । भनिन्छ नि समयले मानिसलाई कहाँबाट कहाँ पुर् याउँछ ! विद्वत्ता पहिचान र प्रतिष्ठाका लागि जीवनमा सङ्घर्ष गर्ने मान्छेहरु उदाहरण दिन मिल्ने दुःखका अर्का हिस्सा हुन् भनी मैले समयमैं नचेतेको भए म अझै पनि विद्यार्थीका रुपमा अक्षर र शब्दहरुभित्रै कहिल्यै नभेटिने आफ्नो संसार खोजिरहेको हुने थिएँ ।
 
 थोत्रो साइकलबाट मोटरसाइकलमा पुग्नलाई मैले जति दुःख गर्नुपर्यो त्यति दुःख भने मोटरसाइकलबाट कारमा पुग्नलाई मैले गर्नुपरेन । जहिलेदेखि म जग्गा दलालको रुपमा आफ्नो क्षमताअनुसारको निष्ठा देखाउँदै समाजमा प्रतिष्ठित हुन पुगें र दलालीमा नै सत्यम् शिवम् सुन्दरम्को उच्चतम प्रतिमूर्तिको दर्शन पाउन थालें त्यसैबेलादेखि नै मोटरसाइकल र कारको दूरी त्यति नै सामान्य हुन थाल्यो जति कुनै तस्करको लागि चोरी शिकारीको धन्धा ।
 
 जीवन क्षणभङ्गुर छ त्यो कुरा मलाई थाहा नभएको होइन । सबै कमाएको र जोडेको आखिर छोडेरै जाने हो म त्यसप्रति अनभिज्ञ पनि छैन । जीवन हो कतिखेर के हुन्छ त्यसको कुनै ठेगान हुँदैन भन्दैमा प्राप्त भएको जीवनलाई खेर फाल्ने पक्षमा म छँदै छैन । आफन्त र शत्रुहरुलाई देखाउने भनेकै जीवनकालमा हो मरेपछि देखाउन सिकंदैन । मान्छेहरुलाई बेलैमा राम्रोसँग तह लगाइएन भने भोलि अनपेक्षित रोगको आक्रमण खेप्नुपर्ने पनि हुन्छ ।
 
 आफूलाई स्वघोषित बुद्धिजीवी मान्ने मान्छेहरुले मलाई जग्गा दलाल भनेर घृणा गर्छन् त्यो कुरा थाहा नभएको होइन । मलाई कुनै मतलब पनि छैन कि उनीहरुले मलाई के के रुपमा र कसरी परिभाषित गर्छन् भनेर । म कसरी अरुले देख्दा देख्दै हजारपतिबाट एक्कासि लखपति भएँ लखपतिबाट कसरी अचानक करोडपति हुन पुगें र अब करोडपतिबाट कसरी अरबपति हुँदैछु भन्ने सन्दर्भमात्र मेरा लागि अत्यन्तै महत्वपूर्ण विषय हुन् अरु सबै पर्दा पछाडिका हुन् भन्ने मलाई लाग्छ । ।
 
 महादेवको तीन नेत्र भनेझैं धनप्रति को आकर्षित हुँदैन र ! धनको मुलायम स्पर्शमा नुहाएर यात्रारत रहन पाउँदाको स्वर्गीय आनन्दले कसलाई छुँदैन र ! यस संसारमा देखिएका कतिपय अपवादहरुको मैले कुरा गरेको होइन न म कुनै त्यस्तो अपवाद नै हुँ । निश्चितरुपमा आर्थिक सम्पन्नताको शिखरमा पुगेको म एउटा यस्तो जग्गा दलाल हुँ जो जग्गा दलालीप्रति अत्यन्तै गर्व गर्छु। आफ्नो पेशाप्रति जो हृदयदेखि गौरवान्वित हुँदैन उसलाई समाजमा बाँच्ने अधिकार पनि छैन ।

Comments

Sangeet Aayam

It is a literary work. 
Friends, hope, you can understand it too. 
Indeed, it is a story of a land agent.

simorne

Hoine sangeet ji yo arulai bangaya hannuvayako ki afni jeevan katha lakhnuvayako malai ta bhujna garo parao.parsta paridinuvaya avari huna tiya. 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |