हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बुढो बाघ र तन्नेरी स्याल

गरुड, (नर्थ योर्कसायर)

बाघकै खोरमा बाघकै खोल ओढेर
बुढो बाघलाई जिस्क्याउँथिस् नि !
के होला भन्ने नगरी खियाल
तन्नेरी भनाउँदो सियाल
खुच्चिङ्ग !!!

उसैको उच्छिष्ठ ख्वाएर
सन्तान पोषेको बिर्सिस
बाठो भई बुढाको कुरा सुनिनस्
झिक्रा बालेर मुढाको आगो तापिनस्
अब सधैं उपवास हुने भयो हैन
खुच्चिङ्ग !!!

यसै पनि जुनी बित्यो उसै पनि
तेरो उमेर बराबर त जुधेरै बित्यो
मुर्दा पनि अति भए पछि जाग्छ
अब उन्मादको भूत अवश्य भाग्छ
खुच्चिङ्ग !!!

झर्ला र खाउँला भन्दै सियाल
हुईयाँ मच्चाएर वन देखि भवनसम्म
जोख्ने बेलामा धार्नी पुगेन
भ्यागुताको खेलमा जोड चलेन
खुच्चिङ्ग !!!

मतले मातेर मत्याईं चढेपिछ
कहिले ब्वाँसोको पुच्छर समात्दै
वैतरणी तर्छु भन्थिस्
खहरेले नै बाटो थुनिदियो
खुच्चिङ्ग !!!

माल पाएर मात्र कहाँ हुन्छ र
चाल पनि पाउनु पर्छ
बुद्धिको पेच नकसेको
कुकुरलाई घीउ नपचेको
खुच्चिङ्ग !!!

हातको हिरा आफलेर
घातको सिसा खोजिस्
चिचि पनि पापा पनि भन्थिस्
ठेट्ना मकैमा डल्लिस्
खुच्चिङ्ग !!!

अब नखाउँ भने दश वर्ष भरको शिकार
खाउँ भने माक्स्र र मावोको अनुहार
भालुको कन्पट समाइस्
सौताको रीसले आफ्नै नाक कटाईस्
खुच्चिङ्ग !!!

सोत्तरमा सुतेको बिर्सेर
गद्दामा उफ्रिन्थिस नि
फोहोरमा पछारिनु पर्यो
सुंगुरलाई नरक नै मन पर्यो
खुच्चिङ्ग !!!

अर्कालाई खटियाबाट खँदारेर
थाङ्ग्नामा सुताएँ भन्थिस्
आफैं छिँडीको थाङ्ग्नामा निदाउनु पर्यो
गँथ्नै नपाई पगरी अर्कालाई बुझाउनु पर्यो
खुच्चिङ्ग !!!

हिजो साँढे थिईस्
आज बैल गाडे भईस्
नत्थी र सिर्कनु उसको हातमा गयो
तान्नु पर्ने बोझ चैं तेरै भागमा आयो
खुच्चिङ्ग !!!

सिसाको घरमा छु भन्ने बिर्सेर
बटुवालाई खुब ढुङ्गा हान्थिस् नि
वाई सियाल सेनाको नाईके भईस्
टेक्ने समात्ने सबै गुमाईस्
खुच्चिङ्ग !!!
हा हा हा …!!!






 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |