गजल
दीपक जडित, (एङकरेज, अलास्का)
अनियमित् दैनिकी भोगीरहेछु ।
लाग्छ म कस्तो मनोरोगी रहेछु ।
संगालेर राखुँ त म छरपस्ट,
नबटुलिने घोगाघोगी रहेछु ।
कोहि चिमोट यो चाम्रिएको छाला,
लौ घसें खरानी, म जोगी रहेछु ।
किन हुँदैछ टाढा मनको हरी,
बार बार जस्लाई ढोगीरहेछु ।
बुझेर पनि यो संसारको लिला,
म मन रुवाउने सोगी रहेछु ।
कि म जिन्दगीको यो कारखानामा,
निरन्तर सोच्ने उद्योगी रहेछु