हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

फगत अरुका लागी

बिनोद खड्का, (दोहा, कतार)



गन्तव्यमा
पुँगे भन्ठान्थे
यात्रा टुंगिएकै रहेनछ
लम्किरहेको छुँ भन्ठान्थे
पाईलाहरु चलेकै रहेनछ
आफन्तका साथ महशुस गर्थे
वाटो फेरिईसकेको रहेछ
यात्रामार्ग एउटै हो भन्थे
गन्तव्य नै छुटिईसकेको रहेछ
केवल जीत नै हात लाग्यो भन्थे
पीडा पराजयको पसारो परेछ

बाँचे कसका लागी
उही आफ्नो भएनछ
हाँस्थे कसका लागी
त्यो त केवल मिथ्या रहेछ
अरुको खुसीमा आनन्द खोज्दा
सूखको क्षण नै हराईसकेछ
आफ्नो भन्ने सबै कुरा
बिरानो पो भई सकेछ
कस्तो दूखी जीन्दगी
केवल शून्य पो हात लागेछ

अनायास पाईलाहरु रोकिने
नजरहरुहरु धमिलिने
को
आफ्नो को पराई
पहिल्याउनै नसकिनॆ
तैपनि अनवरत यात्राहरु
लर्खराउँदै बढ्ने रहेछन
सही परिभाषा त के हो कुन्नी
मान्छेहरु यसैलाई जीन्दगी भन्दै
आफ्ना लागी भन्दा पनि
अरुकै लागी बाँच्दा रहेछन
अरुकै लागी हाँस्दा रहेछन
फगत अरुका लागी ।

२५
नोभेम्बर २००९





Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |