हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

एक्लै

विद्या सापकोटा, (हालः शंकरदेव कलेज, काठमाडौं)


 केही खोजेजस्तै हतासिँदै उसले यताउता हे-यो । खै केही फेला पारेनछ क्यारे …सट्टामा फिक्का हाँसो फ्याक्यो अनि निहा-यो आफ्नै परिवेश ।
 त्यो धरहरा त्यसरी नै आकाशलाइ हाँक दिदै उभिइरहेको थियो । केहि निदाएजस्तो केही विउँझिएजस्तो घण्टाघरको पुरानो घडि जहाँकोतहि थियो । विदाको दिन भएकोले होला मन्दिरहरुमा भिड देखिन्थ्यो । सँगै उभिएको शहिदगेट । वाणले हानेजस्तै चारदिशामा ठड्याइएका झण्डाहरु उसलाइ त्यतिकै हाँसो उठ्यो । झटपट सुन्धारा, काठमाडौं मल, बागदरवार, रत्नपार्क, टुडिखेल सवैतिर सरसर्ति हे-यो उसले । खुलामंच भरिभराउ देखिन्थ्यो सायद कसैको भाषण चल्दैहोला । सैनिकहरु परेडमा ब्यस्त ।
 
 "कालिमाटि……किर्तिपुर …पाँगा…"
 "बालाजु....बाइपास …मनमैजु …"
 "थापाथली....कुपण्डोल… ललितपुर …"
 फरक फरक स्वरहरु सकेसम्म ठूलो हुदै हुँइकिरहेका थिए ।
 
 ओइ साले, यो त मलाइ दे'का ।
 तँलाइ हैन, मलाइ दे'का ।
 ओइ तैले मसँग निहू खोजेकै होस् ल आइज………आइज सिङ्गल सिङ्गल खेल्ने ?
 सडक बालकहरु आफूआफूमा एक रुपैयाको लागि तछाड मछाड गरिरहेका ।
 
 "ए सस्तो सस्तो एक किलोको पन्घ्र दुइ किलोको विसमात्र ।"
 "किन यस्तो भएको ?"
 "नगरपालिका आउदै छ त्यही भर ल ल छिट्टो किन्नुस् ।"
 "यो त तिन पाउ पो भो त कसरी एक किलो हुन्छ ?"
 "यहाँको एककिलो भनेको यत्ति हो बढि चाहिए अन्तै जाने ।"
 "क्या हो नापतौल पनि ठाँउ अनुसार फरक हुन्छ र ?"
 "कस्तो किचकिचे मान्छे रैछ………। सस्तो पनि चाहिने पुरा पनि चाहिने ठिसहरु ।" व्यापारिक भाषा नराम्रोसँग छताछुल्ल हुन्छ त्याहा ।
 
 यस्तो भिडभाड हुदा हुँदै पनि सवै एकअर्काबाट बेखवर । शहिदगेटको छेउ  उभिएको ऊ सवै निहारेर फेरी मुस्कुरायो एक्लैएक्लै ।
 
 केही सम्झिए झै झल्यास्स उसले घडि हे-यो । तर पटक्कै घर जाने मन लागिरहेको छैन …किन, उत्तर नै छैन । घण्टौ देखी उ त्यो फलामेबारमा अडेस लगाएर उभिएको उभियै छ । उसका घरका बाटो भएर गुड्ने दर्जनौ सवारी साधन गैसके । कुनै त फर्केर पनि आइपुगिसके । तर ऊ जहाँकोतहि छ । डेक नचलिकन बार माथि फरक अस्तित्व जमाएर ।
 
 आकाशमा कम्पन छाड्दै एउटा जहाज उड्यो । अनायासै उठेका उसका हातहरु लाजमान्दै खुम्चिए गोजिभित्र । ऊ त्यतै हेरेर टोलाउन लाग्यो ।
 
 शरिरमा चटक्क मिलाएर लगाइएको कपडा सलक्क छाडिएको कपाल गाजलले भरिएका जिज्ञासु आखाहरु । ओहो सुची सधै यसरी नै उभिन्थी । यही बारमा अनि हतारिदै भित्र बस्थि कुनै माइक्रो भित्र । "बाइ बाइ लक्स ………"
 
 मास्टरको विद्यार्थी ऊ अर्थात लक्स एउटा प्राइभेट कम्पनीमा जागिर ग-थ्यो । यि प्राइभेट अफिसहरु खाउँभने कान्छो वाउको अनुहार नखाउँ भने दिनभरीको शिकारका पारका हुन्छन् । कहिल्यै फुर्सद हुने हैन । फेरी कजेल दिनदिनै जान नपाए पछि ट्युसन पढेर भएपनि पास त गर्नैप-यो । 'ह्या यो शनिवार एकदिन त मज्जाले सुत्न पाए पनि त हुने………।' तर त्यती बेला निद्रा कहाँ गएको थियो र कहिल्यै यस्तो अल्छि लागेको थाहा भएन । विशेष शनिवार आउदा त कुनै चाड आए झै लाग्थ्यो । राति नै उठेर उ नुहाइधुवाइ ग-यो । आफूलाइ सकेसम्म टिपटप देखिने लुगा छान्थ्यो अनि बडो उत्साहका साथ घरवाट बाहिर निस्कन्थ्यो ।
 
 "आज सण्डे है सुचि ?"
 "अँ, आज भर्खर सण्डे भयो, यो स्याटरडे आउन किन यति धेरै सामय लाग्छ लक्स ?"
 हप्तैभरी दुवैजना भित्रभित्रै छटपटाउँथे अनि घण्टौ फोनमा झुण्डिन्थे ।
 
 ऊ हर शनिवार ट्युसन सकाएर मोडल हस्पिटलको गेटमा अडिन्थ्यो । सुचि एकैछिनमा हाजिर हुन्थी । केही पलमै त्यो निलो पल्सरसँगै एकजोडी प्राणि गायव हुन्थे भिडभाडलाइ छल्दै । कहिले नगरकोट कहिले गोदावरी त कहिले धुलिखेल अनि कहिले ककनी कताकता ।
 
 आज ति दिनहरु कल्पनाका आकाशमा हराएका छन् तरै पनि उसलाइ कल्पना कत्ति मिठो लागिरहेको छ ।
 "तपाइ कहाँ बस्नुहुन्छ ?"
 "हजुर मनमैजुतिर हो । "
 "म पनि उतै बस्ने हो । हेर्नुस न एक्कासी बन्द भएर । के गर्ने होला ?"
 "अँ तपाइलाइ आपत्ति छैन भने सँगै जाउ न त । भित्रि बाटो त बन्द छैन होला नी । "
 खै के गरुँ के गरुँको अवस्थामा सुचीले उसको लिफ्ट स्विकारेर घरसक्मको यात्रा तय गरेकी थिइ ।
 
 पुतलीसडकको एउटा कन्सटेन्सी कम्पनीमा पार्ट टाइम काम गर्दै आएकी सुचना । एउटा प्राइभेट कम्पनीमा जीवन दर्ता गरेर बाँच्ने बाटो गदै आएको लक्ष्मण दुवै उस्तै उस्तै पिडा र सर्घष बीच गुज्रँदै आएका थिए । त्यो सधैको पिडादायी सडकबन्दको घटना खुसीको बाटो भएर बगे झै लाग्थ्यो दुवैलाई । दुबैले मन मिल्ने साथी भेट्टाएका थिए । छोटो समयको अन्तराल मै सुचना लक्ष्मणकी मायालु 'सुचि' भएकी थिइ । ऊ 'लक्स'  ।
 
 ऊ घरको एक्लो छोरो । बुढा बा आमा । आमाको विरामीको खवर पाएर उसलाइ एक्कासी गाँउ जान परेकोले केहि दिन सुचीदेखी टाढिन परेको थियो ।
 "लक्स, म तिमिलाइ तुरुन्तै भेट्न चाहन्छु जहाँ जसरी भएपनि ।" एकदिन आत्तिदै सुचिले फोन गरी । दुवैजनाको भेट भयो । आँखाभरी आँसु पारेर सूची बोली "म अष्ट्रेलिया जाने भएँ नी । तिमी विदेश जादै नजाने मलाइ नगइ नहुने … एउटा सम्पन्न मान्छेलाइ पनि समस्या परिरा'रहेछ उसैसँग कोर्ट म्यारिज गरेर म जाने भएँ । उसले लाग्ने सबै खर्च ब्यहोरीदिन्छु भनेको छ ।"
 
 "तिमी कोर्ट म्यारिज गरेर जाने भयौ ? कस्तो मान्छे हो ?" उ यति मात्र बोल्न सक्यो । मनभित्रबाट उम्लिएर घाँटीसम्म आएर रोक्कियो …॥ "तिम्ले आफ्नो निर्णय त गरेछौ सुची तर तिमी गएपछि मेरो के हुन्छ विचार गरेकी छौं ?"
 "अँ अव हामीले चाहेर केही हुने बाला छैन लक्स, मेले निर्णय गरिसकेँ । जे होला राम्रै होला । तिमीलाइ समयमै मैले धेरै पटक भने मानेनौं अव त………मैले निर्णय गरिसके ।"  आँशु लुकाउने प्रयत्न गर्दै उ बोलि "तिमी राम्ररी पढ, काम गर,  मलाइ नबिर्स……॥" बोल्दा बोल्दै उ उठेर हिँडी । चाहेर पनि उसले रोक्न सकेन ।
 
 एउटा नमिठो घाउ दिएर उ गइ । उसँग बोल्ने आँट पनि आएन बोल्ने कुरा पनि बाँकि रहेन । अन्त्यमा 'शुभयात्रा सुची सँधै खुसी रहनु' मोवाइलमा हतार हतार टाइप गरेर उसले सेन्ट ग-यो ।
 त्यसपछि उ फेरी यो शहरमा एक्लै भयो । सुचीसँग भेटिनु अगाडी पनि त एक्लै थिए अव पनि के फरक पर्छ र उसले मनलाइ बुझाउने हजार प्रयास ग-यो आखिर मनै त हो बेला न कुवेला बाँध भत्काएर बगिदिन्छ । सगै विताएका ति पलहरु …………। 'एउटा मान्छेको मायाले कति फरक पार्दछ हो जिन्दगीमा…………' त्यो कालजयी गीत उसै बनेको हैन रहेछ कल्पनामै फेरी दुख्यो ऊ बेस्मारी ।
 
 "ए लक्ष्मण घर जाने हैन ?" साथिहरुले कर गर्दा "मेरा धेरै काम छ । सरी ल म जान्न" भनेर फिल्म हेर्न नगएको उ । साथिहरु त हेरेर आइसकेछन् । झस्कियो ऊ । अनि साथिहरुसँगै चुपचाप अनौठो चालामा घर पुग्यो । कसोकसो ऐनामा आँखा पुग्यो । ओहो उसको शरीर कति मायालाग्दो भएर सुकिसकेछ, भोक हराएको महिनौ भैसकेछ । कलेटी परेका ओठहरु सुम्सुम्याउँदै यता यता हे-यो । किताबका चाङ्गहरु धुलोले छपक्क ढाकिएकोछ,  हरेक सामान कस्तो भद्रगोल । पर फालिराखेको मोवाइल स्क्रिन मै मुस्कुराइ रहेका दुइ प्राणी लक्स र सुची । उसका औलाहरु यन्त्रवत चले, पलभरमै त्यो नमीठो विगत कमसेकम उसको मोवाइलवाट डिलिट भयो अनि केही चङ्गा भए झै गरेर ऊ भान्छातिर छि-यो ।

Comments

Hari Manandhar

What a amazing story Bidhya ji! The problem that creats the situation departing from the heart is not so easy but should be accept it. So This Valentine Day help to heal his sorrows and help to find the better then Suchi. Thanks.

durga

it\'s terrific, awosome,beautiful,hearttouching,mindblowing and 
overall a bitter truth.

Ram Krishna Bartaula

great one keep it up dear i really like to read.

Shaurab Timalsina

Man chhune katha .............yuba pustako atharthatha ......bidhya jee sahitik prgatiko kamana

Bigyan Shrestha

Wow Bidhya ! Timi jasti sweet story ......keep writing on !

bishnu

katha sarai ramro lagyo agami dinama pani padhna paine aasa ma chhu

shankar dhungana

this is very nice. i like it 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |