हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अपरिभाषित यो जिन्दगी !

शिव प्रकाश, (बोस्टन, अमेरिका)



जति सोचे पनि
केही सोच्नै नसिकए जस्तै
गर्दा गर्दै पनि
केही गर्नै नसकिए जस्तै
हेरिरहँदा पनि
केही देख्नै नसकिए जस्तै
निरन्तर खोज्दा पनि
कहीँ केही नभेटिए जस्तै
केही नहराए पनि
सधैँ केही हराए जस्तै
केही नपाउँदा पनि
कति धेरै पाए जस्तै
पाउँदा पाउँदै पनि
कहिल्यै केही नपाए जस्तै
हुँदाहुँदै पनि
सधैं केही नभए जस्तै
केही नहुँदा पनि
अलिकति केही भए जस्तै
जति हिड्दा पनि
गन्तव्य कहिल्यै नटेकिए जस्तै
संसार देख्दा देख्दै पनि
आफैंले आफैंलाई नदेखिए जस्तै
जति लडे पनि
कहिल्यै नजितिने युद्ध जस्तै
जीवन्तता छँदाछँदै पनि
अस्तित्व नै नभए जस्तै
उपस्थिति रहँदारहँदै पनि
शून्यतामा सधैं हराए जस्तै
यस्तै रहेछे जिन्दगी
अर्थात यस्तै-यस्तै
अपरिभाषित परिभाषा जस्तै
जिउँदा जिउँदै पनि
जिन्दगी, जिउँनै नजानिए जस्तै !

Comments

कष्णराज

शिवप्रकाशका कविताहरू सरल र मनोबैज्ञानिक धारका छन् । यस्तै पढिरहन पाउँ । कविताका नाउँमा शब्दका बोझले अर्थलाइ अर्थहीन बनाइरहेको बेला यस्ता कविताले नयाँ शुरूवात गरेको ठानिन्छ । निरन्तरता होस् । श
भकामना । खसखसलाइ पनि ।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |