हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

प्रकाश सायमी, (सैंबु, ललितपुर)

 

के माग्छु तिमीसित घामपानी सिवाय  

के नै दिन सक्छौ अनिँदो बिहानी सिवाय

मेरो कसम तिम्रा निम्ति कति जुठो भो  

चोखो क्यै छैन तिम्रो जवानी सिवाय

नबुझाउ पहेली मनको बुझ्दिन खै

स्पष्ट क्यै भएन उही बानी सिवाय

सपना देख्छु रंगीविरंगी मन त्यै हो  

बदल्छु सारा चीज त्यै सिरानी सिवाय

भित्ताको तस्वीरले रगतको रंग भन्छ

के नै भन्ला शहीदको कहानी सिवाय

यै जीवन काल कोठरी भो नानू  

जिन्दगी क्यै हैन पुरानो बानी सिवाय

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |