हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

देवकोटाः महान वा गरीब ?

प्रकाश सायमी, (सैंबु, ललितपुर)


गुरुजी, देवकोटाको तुलना भारतका कुन कविसँग हुन्छ ? 

जवाफमा गुरुजीले भने देवकोटाको तुलना भारतका तीन महान् कवि सुमित्रानन्दन पन्त, जयशंकर प्रशाद र निरालासित हुन्छ । 

राहुल सांस्कृत्यायनको यो प्रतिउत्तर सुन्दा भावुकताको चरमजस्तो लाग्छ । तर उनले अत्यन्त सम्मानका साथ यो उत्तर सुधीजनहरुका माझ दिएको प्रख्य इतिहास छ । 

नेपाल र भारतको तुलना गर्दा  देवकोटाको तुलना सदैव भारतका तीन महान हस्ती पन्त,  निराला र प्रसादसँग गरेको पाइन्छ । भारतका महाकवि सुमित्रानन्दन पन्तले भारतवर्षका महान् एघार नक्षत्रमा नेपालका महाकवि देवकोटाको नाउँ पनि गर्वका साथ जोडेर उनले उत्तर दिएकाछन् । उत्तरका क्रममा उनले नागार्जुन, रमण महर्षि, शंकर, गोरखनाथ, जे कृष्णमूर्ति र बुद्धका समतुल्य देवकोटा मानेकाछन् । तर नेपालीले देवकोटालाई दरिद्र कवि, दुःखी कवि र अव्यवहारिक प्राणी भन्दा अर्को संज्ञाबाट सम्बोधन गरेको कमै पाइन्छ । 

नेपालका महाकवि देवकोटालाई नेपाल र नेपालीले चिन्न नसकेको होइन । चिनेको तर परबाट अस्पष्ट रुपमा चिनेको र देखेको बुझिन्छ । उनले जीवन र जगतलाई आफ्नो दर्शन ज्ञान र आकर्षणले भोगेका छन् । देवकोटालाई कसैले कवि, कसैले दार्शनिक, कसैले उपन्यासकार, कसैले निबन्धकार, कसैले कथाकारका रुपमा पाएकाछन् । तर उनको समग्र स्वरुप एक गुरु वा एक चिन्तकका रुपमा हेरिनु जरुरी छ । उनी त्यससमयमा जन्मिए जतिबेला भारत र नेपालजस्ता मुलुक आफैंभित्र एउटा जटिल लडाइँ लड्दै थिए त्यो लडाइँको पहिलो धार हो जनजनमा आत्मजागरण जगाउनु । अनि राष्ट्र जागरणको भाव स्वतः मन मनमा फैलिन्छ यसको प्रत्यक्ष प्रभाव थियो देवकोटाको सुन्दर, शान्त, विशाल नेपालको परिकल्पना र विश्वकवि रबीन्द्रनाथ ठाकुरको जनगण मन । 

यी दुवै कविका विचार र विश्वासमा एउटा समानता के थियो भने पाठकप्रतिको जिम्मेवारी अनि चेतनशीलताको बोध । 

विश्वकवि रबीन्द्र ठाकुरले अँग्रेजको घनघोर विरोध गरे तापनि उनको अँग्रेजी भाषाको अध्ययन  सामान्य मान्छेको भन्दा उच्च् र उम्दा थियो  नेपालका महाकवि देवकोटाको क्षमता पनि त्यस्तै थियो उनले पश्चिमाजगतका होनहार कविलाई पानीजस्तै पिएकाथिए र त उनी आफ्नो रचनाको भावभूमिमा विश्वका ठूल्ठूला लेखकलाई पात्र बनाएर माचस्थ गर्थे । विश्वकवि रबीन्द्रनाथ ठाकुरलाई अत्यन्त सम्मान गर्ने महाकवि देवकोटाले आफ्नो अध्ययन कक्षमा रबिबाबुको फोटो कृष्ण भगवानसँगै सजाएर राखेकाथिए । उनी कविलाई भगवानजत्तिकै माया गर्थे भन्ने उनको सम्मान दृष्टिबाट अभिमिाचत हुन्छ । 

देवकोटाले आफ्ना समयका सबै महान् स्रष्टालाई पढ्न बुझ्न र लेख्न भ्याए । यसको कारण हो  उनको रुचिसम्पन्न स्वभाव । उनी त्यस समयका महान् महान् स्रष्टासाथ देश विदेशमा सँगै र एउटै आरेखमा उभिएर बोल्न पाएका थिए । त्यो अवसरको उनले भरपूर प्रयोग गरेर समय समाज र संस्कारको विकास गरॆको सत्य हो । उनी राणाशासनका वेला दरबारबाट बोलाइएर ट्यूशन पढाउने पाउने आकर्षक शिक्षक थिए । उनको माग थियो । उनी त्यो समय एक साहित्यकारका रुपमा भारत रुस आदि मुलुक घुम्न पाउने र घुमेर त्यसको लाभ  लिन सक्ने एक सम्मानित स्रष्टा थिए । उनी आफ्नो समयका शक्तिशाली लेखक बालकृष्ण सम बीपी कोइरालाजस्ता स्रष्टासित पनि समन्वय राख्न सक्ने र प्रतिस्पर्धा गर्न सक्ने साधक थिए । उनी एक शिक्षित परिवारका सन्तान भएकाले पनि उनलाई कुनै ठाउँ परिस्थिति र प्रवृत्तिमा झुक्न परेन । 

उदाहरणका लागि उनले धनी र कुलीन परिवारका लेखक समले जत्तिकै सम्मान पाए । 

राजनीतिक रुपले शक्तिशाली लेखक बीपी कोइराला र मबीवि शाहजस्ता स्रष्टाका सामु पनि उनको अन्तर्राष्ट्रिय जगतमा सदैव सम्मान भयो । उनलाई पश्चिमका एकेक कविले त्यतिकै अनुभूतिका साथ पढे र चर्चित बनाए । 

महाकवि देवकोटाको रुचिको कुरा गर्दा उनले घुम्न चाहेका सानोभन्दा सानो ठाउँ पनि मन लगाएर घुमेका वा पुगेका छन् । त्यो चाहे उनको बुढो मावली झिल्टुँग होस् वा भारतको पहाडी  राज्य दार्जीलिङ । दार्जीलिङको टाइगर हिललाई त  उनले माया गरेर बाघचूली नाम नै राखिदिएका छन्  यो उनको सौम्यिक चरित्र हो । भ्रमणका शौखिन देवकोटा आफूमात्र होइन आफूलाई मनपरेका मान्छेलाई समेत लिएर भ्रमणमा निस्किन्थे । त्यसको सामान्य उदाहरण हो उनको भारतको आगराको भ्रमण  । उनले आगरा जाँदा माधवप्रसाद घिमिरे शङ्कर लामिछाने र श्रीप्रकाश घिमिरेलाई पनि लिएर गएका थिए । आफ्ना अनुज आफ्ना शिष्य आफ्ना पि्रयजनलाई पनि त्यतिकै प्रेम गर्ने महाकवि देवकोटा इतिहास कला र राजनीतिका पारखी थिए उनले त्यही ज्ञानले प्रेरित भएर मित्रहरुलाई ताजमहल देखाउन लगेको इतिहास छ । ताजमहल देखाएका मात्र होइन ताजमहल देखाउन जाँदा उनले ताजमहलमाथि कविता लेखेर चर्चा पाउने कवि एवं शायर साहिर लुधिायनवीका कविता अन्तस्थबाट सुनाएका थिए । 

हिन्दी नेवारी अँग्रेजी भाषाका विज्ञ मानिने देवकोटाले उन्नाइँसौ शताब्दीमा आएका नयाँ नयाँ विधासित परिचित भएर सहकार्य गरेका छन् । उनले त्यतिवेलाको लोकपि्रय विधा मानिने नाटकलाई पनि आफ्नो अभिव्यक्तिको माध्यम बनाए  र त्यसैको परिणामस्वरुप डिल्लीबजारका युवालाई लिएर नाटकको निर्देशन पनि गरे । त्यही नाटकको निर्देशनका क्रममा उनले त्यतिवेलाका अभिनेता हरिप्रसाद रिमाललाई डिल्लीबजारको हिरो नाम राखिदिएका थिए । र उनी युवालाई आकर्षण दिन फिल्मीभाषामा  हिरोको संज्ञा दिन्थे । 

युवाहरुका माझ सदैव लोकपि्रय देवकोटाले युवा पुस्तालाई पुस्तकको संसारतिर सदैव आकर्षित गरे । अर्नेस्ट हेमिङ्वेले पुस्तकजस्तो इमान्दार साथी तिमीले कोही भेट्दैनौ भने जस्तै महाकवि देवकोटाले सदैव पुस्तक र पुस्तकालयप्रति मानवमनलाई खिँचिरहे । जसको उदाहरण हो नेपालमा भारतीय सरकारको लगानीमा नेपाल भारत सांस्कृतिक पुस्तकालय खुल्दा उनले त्यहु लाइब्रेरियन भएका शंकर लामिछानेलाई सदस्यको संख्या बढाउन प्रशस्त सहयोग गरेका थिए । देवकोटाकै सहयोगमा त्यतिवेलाका युवा तेजेश्वरबाबु ग्वँगः जस्ता युवक त्यस पुस्तकालयको सदस्य भएका थिए । र उनले आज पर्यन्त उनको त्यो गुणलाई प्रेरणाको रुपमा लिएका छन् । यही प्रेरणाका कारण उनी सदैव युवामाझ उच्चाकर्षणका पात्र थिए । 

उनले सदैव युवालाई नयाँ नयाँ  विधालाई मानवोच्चित सम्मान दिए । उनले युवाजगतलाई भ्रमबाट मुक्त हुन अनि सार्थक स्वप्नको दुनियाबाट विाचत हुन निर्देशन दिए । जब उनलाई युवा लेखक र उनकै विद्यार्थी शङ्कर लामिछानेले मार्ग निर्देशनको निम्ति सल्लाह माग्न गए उनले स्पष्ट भने " रिपिटेशन अन् दि सेम लाइन ह्याज नेा मिनीग । म लागेको बाटोमा तिमी आउने हो भने नआउनू ।"

यसैको परिणाम स्वरुप उनले नेपाली गीत सङ्गीतका निम्ति पनि युवाका चासो निम्ति गीत रचना गरे र युवालाई हौसला पनि दिए । आफ्ना मित्र आशागोपाल गुरुवचार्यका छोरा नारायणगोपाललाई उनले सदैव सुगम सङ्गीतको विकासमा र त्यसको रचनात्मक संरक्षणमा अगि बढ्न सल्लाह र सुझाव दिए ।त्यही प्रेरणाले गायक सङगीतकार नारायणगोपालले कवितका गीत कविका कवितालाई सँगीत गरे गाए । र स्वयम् नारायणगोपालले पनि आफ्नो एक निबन्धमा सो विषयमा  लेखेकाछन् यदि देवकोटा बाँचेका भए भनेर । त्यो निबन्धमा स्वरसम्राट नारायणगोपालले रुचिसम्पन्न कवि  देवकोटाको विचारको उच्चता र वैभवको उच्चभावले प्रशंसा गरेकाछन् । देवकोटाको व्यक्तित्वबाट प्रभावित भएर नारायणगोपालले महाकविको कालजयी कृति सगरभरि छाति चिरी लाई गीत बनाएर गाए । देवकोटालाई हृदयतः मनन गरे । 

नारायणगोपालले आफू चेतनाले सम्पन्न भइसकेपछि महाकविको गीति नाटक मुनामदन लाई सबभन्दा सुन्दरतापूर्वक सँगीत गरेर सजाए जसका कारण देवकोटा फेरि जन्मे फेरि अर्को आयु पाए । यो देवकोटाको युवाप्रति युवापनको सँगीतप्रतिको परिणाम हो । उनले जीवनलाई चिनेका थिए  जानेका थिए । 

नारायणगोपाल मात्र होइन देवकोटा सङ्गीतप्रवीण नरराज ढकाललाई पनि अति माया गर्थे । 

शास्त्रीय सँगीतका ज्ञाता नरराज ढकाललाई  उनले सुयोग्य सम्झेर आफ्नी भााजी बधुको रुपमा दिन सहर्ष स्वीकार गरे र उनले सङ्गीतका अनुसेवी ढकालको उत्तरोत्तर भविष्यको सदैव सफलताको  कामना गरे । सँगीत प्रवीण नरराज ढकालले सदैव महाकवि देवकोटाको धन दौलत नहेरी व्यक्तिको प्रतिभाबाट प्रभावित भइ महाकविले गरेको यो गुण गाइरहे । 

देवकोटाले नेपाली जनस्थानमा शिक्षाको प्रतिभाको र सामूहिकताको सदैव प्रशंसा गरेकाछन् । उनले साहित्यको अध्ययनमा पाण्डित्याँई नदेखाइ हरेक किसिमको अध्ययनमा जोड दिए त्यो चाहे इलियट होस् वा बैकन । टैगोर होस् वा गालिब । शेक्सपियर होस् वा पल् भेलेरी । उनले सम्मानका साथ पढ्न र पढाउन लगाए । यो नै देवकोटाको बैयक्तिक विशेषताको पहिचान थियो । तर देवकोटाको दुर्भाग्य भनेको समकालिकता हो । 

उनलाई सबभन्दा बढी उनकै समकालीनले चिन्न सकेनन् । उनलाई  उनी जन्मेको समाजले  गलत व्याख्यातीत गरे । उनी सदैव प्रतिभासम्पन्न भन्दा गरीब र निर्धन भएर बाँचको परिस्थितिकीको चर्चा गरे । यो देवकोटाको जीवनको ठूलो त्रेजेडी मान्न सकिन्छ । 

मनपरेको खान पाउने मनपरेको ठाउँमा घुम्न जाने र त्यस्तो समयमा मनले चाहेजस्तो पढ्न र पढाउन पाउने सौभाग्यशाली व्यक्ति देवकोटालाई बारम्बार नेपाली जनसमाजले सरकारलाई गाली गर्ने बाहना गरीब बनाइरह्यो तर वास्तवमा उनी गरीब चैँ थिएनन् वल्कि उनी त्यससमयका अन्तर्राष्ट्रिय समाजमा समादृत स्रष्टा थिए र विश्वका निम्ति नेपालका सांस्कृतिक राजदूत थिए ।

यो कुरा हाम्रो अर्द्ध बौद्धिक समाजले कहिले र कुनै शर्तमा बुझ्न सकेन । 

विश्वले मानेका र पुजेका महान देवकोटा नेपालका गालिब नेपालका बोर्खेस नेपालका कामू थिए यस कुराको हेक्का हामीलाई सयवर्षपछि पनि भएको छैन ।

सयवर्षपछि पनि हामीले देवकोटालाई उर्दूका महाकवि गालिबलाई जति पनि सम्मान नदिएर क्ष्ाधापूर्वक उनको गरीबी उनको चरुट उनको दयनीयताको व्याख्या गरिरह्यौँ भने सबभन्दा बढी हाम्रो गरीबी झल्किरहनेछ । 

हामी यो गरीबीबाट मुक्त होऔं । 

 

Comments

हरि घिमिरे

प्रकाश सायमी जीको देवकोटा सम्बन्धि खोज र विश्लेषण अत्यन्त सुन्दर छ।महाकवि लक्ष्मीप्राद देवकोटाका बारेमा निर्माण भएका र निर्माण हुँदै गएका किम्बदन्तिहरुले अझै उनको व्यक्तित्व र कृतित्वको व्याख्या र विश्लेषणको सही मूल्याङ्कन हुन सकेको छैन।यो सबै हाम्रै कमजोरी हुन्।उनका सबै पक्षला समेटेर कम्प्युटराइज गर्दै मेनुयल पनि बनाएर राख्न सके इतिहासमा देवकोटा"एकादेशमा....!!"बन्ने थिएनन्।तपाईको यो वस्तुनिष्ट-सत्य-तथ्यपरक लेखाइप्रति र तपाईले गर्नु भएका गुनासाप्रति एक पाठकका हैसियतले उच्च मूल्याङ्कन गर्छु।                                                          कृतित्व

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |