हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

सङ्गीत आयाम, (चितवन, भरतपुर)


 
  
म सँधै किन गजल लेख्छु मेरो प्रश्न छ
फूलमा किन काँडा देख्छु मेरो प्रश्न छ ॥
 
भन्छन् मौसम फेरियो उज्यालो अब आयो
आँखामा किन कालो चश्मा मेरो प्रश्न छ ॥
 
ऋतु अलग बर्सात अलग यात्रा अलग छ
सबै अनुहार एउटै हुँदैन मेरो प्रश्न छ ॥
 
सोच कति राम्रो हुन्छ काम भने कुरुप छ
भद्र पनि कुटिल खेलाडी मेरो प्रश्न छ ॥
 
एक्लै बस्ने एकान्तप्रिय आरोप खुलेआम छ
भीड खोज्दै मान्छेले हो भुक्ने मेरो प्रश्न छ ॥

Comments

bijay koirala

yo k ho gajal ki kabita maile chutyaunasakina.hamile lekhne gajal ta ?????

Kedar Shrestha'Gagan'

Kafiya binako pani gajal hun6a ra ? So Confuse.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |